संखुवासभा : मतदातालाई छैन चुनावी चासो



स्थानीय तह निर्वाचनको मिति नजिकिएसंगै दलहरु रस्साकस्सीकासाथ निर्वाचनमा होमिएका छन् । संखुवासभामा चुनावीसरगर्मी बढेसंगै दलका उम्मेद्धवारहरु भोट माग्न गाउँघरसम्म पुग्न थालेका छन् । जिल्लामा दर्ता भएका १६ दल मध्ये नेपाली कांग्रेस, नेकपा एकीकृत समाजवादी, माओवादी केन्द्र र जनता समाजवादी लगायत भने गठबन्धन गरेर निर्वाचनमा सामेल हुँदैछन् ।

दलहरुलाई जसरी चुनाव लागेको छ, तर मतदातालाई भने यो पटकको निर्वाचन उत्साहपुर्वक नभएको प्रतिक्रिया दिदै आएका छन् । चुनावमा ठूला भाषण गर्ने तर काम नगर्ने प्रवृत्तिका कारण चुनाव प्रति चासो नै नबढेको उनीहरुको भनाई छ । खाँदबारी नगरपालिका ८ का कृष्ण कुमार तोलाङ्गीका अनुसार निर्वाचन आउँछन् जान्छन् । हामीलाई छाक टार्नमा नै चिन्ता छ ।

निर्वाचनका बेला ठूला सपना देखाएर विजयी बनेपछी मतदातालाई दिएका प्रतिबद्धता पुरा नगर्दा केही मतदाताहरु यो पटकको निर्वाचनमा सोँच विचार पु¥याएर मतदान गर्ने तयारीमा छन् । जुनसुकै दलका उम्मेद्धवारी भए पनि विकासप्रेमी नेतालाई मत दिने पाँचखपन ४ का पुष्प बहादुर निरौलाको भनाई छ ।

आगामी निर्वाचनमा संखुवासभाका १ लाख १७ हजार ७ सय ३१ मतदाताले १ सय ३ मतदान स्थलमा मतदान गर्दैछन् ।

सम्बन्धित समाचार