युक्रेनको मरिपोलमा रहेको स्टिल उद्योगमा थुनिएकामध्ये ४६ जनाको उद्धार



युक्रेनको मरिपोलमा रहेको स्टिल उद्योगमा थुनिएकामध्ये ४६ जनालाई बाहिर निकालिएको छ । रुसको रक्षा मन्त्रालयले उनीहरूलाई स्टिल उद्योगको भवनबाट बाहिर निकालिएको जानकारी दिएको एएफपीले जनाएको छ ।

मानवीयतालाई ध्यान दिँदै र अन्तर्राष्ट्रिय समुदायको कुरालाई समेत मानेर उनीहरूलाई भवनबाट सकुशल बाहिर निकालेको रुसी रक्षा मन्त्रालयले विज्ञप्ति निकालेर जानकारी दिएको छ । ‘यही अप्रिल ३० मा मानवीयतालाई ध्यान दिँदै र अन्तर्राष्ट्रिय समुदायको कुरालाई समेत मानेर हामीले उनीहरूलाई सकुशल भवनबाट बाहिर निकालेका छौँ’, मन्त्रालयले भनेको छ ।

एक पटक २५ जना र एक पटक २१ जनाको उद्धार गरेर उनीहरूलाई मरिपोलबाट रुसतर्फ जाने बाटोमा पर्ने रुसको सिमानामा रहेको बेजिमेन्नीमा लगिएको छ ।

अघिल्लो हप्ता रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले स्टिल उद्योग क्षेत्रलाई घेराबन्दी गर्न आदेश दिएपछि उनीहरू थुनिएका थिए । थुनामा रहेका अरू झन्डै एक हजार गैरसैनिकलाई बाहिर निस्कन दिने बारेमा अहिले पनि वार्ता भइरहेको छ ।

सम्बन्धित समाचार