संखुवासभालीका लागि जारी गरिएकाे रिभर फल्सको शेयर बाँडियो, यसरी हेरौं नतिजा



खाँदबारी । रिभर फल्स पावर लिमिटेडले आयोजना प्रभावित स्थानीयहरुमा जारी प्राथमिक सेयर वैशाख १९ गते सोमबार बाँडाफाँड गरिएको छ।

रिभर फल्स पावरले आफ्नो आयोजनाका प्रभावित संखुवासभाका स्थानीय जिल्लावासीमा जारी गरेको प्राथमिक सेयरको निष्कासनमा आवेदन दिने ७ हजार ६०३ वटा आवेदनबाट १३ लाख ८१ हजार ९०० कित्ताका लागि जम्मा आवेदन परेको थियो । रित नपुर्याई दिईएको १८ वटा आवेदनका ४४० कित्ता सेयरलाई रद्द गरेपश्चात बाँकी रहेको ७ हजार ५८५ आवेदकबाट प्राप्त १३ लाख ८१ हजार ४६० कित्ता सेयरमध्येबाट १० कित्ता माग गर्ने २२७ जना, २० कित्ता माग गर्ने २७८ जना, ३० कित्ता माग गर्ने १५७ जना, ४० कित्ता माग गर्ने १२७ जनालाई माग बमोजिम नै शेयर उपलब्ध गरिएको छ ।

त्यस्तै ५० कित्ता माग गर्ने १ हजार ६९४ जना, ६० कित्ता माग गर्ने ७८ जना, ७० कित्ता माग गर्ने ६९ जना, ८० कित्ता माग गर्ने ४५ जना, ९० कित्तँ माग गर्ने ३१ जना, १०० कित्ता माग गर्ने २,४९२ जनालाई पनि उनीहरुको माग बमोजिम नै शेयर उपलब्ध गराईएको धितोपत्र विक्रि प्रबन्धक प्रभु क्यापिटलले जनाएको छ ।

यसै गरि ११० कित्ता माग गर्ने २० जना, १२० कित्ता माग गर्ने २५ जना, १३० कित्ता माग गर्ने १२ जनालाई मागबमोजिम तथा १३० कित्ताभन्दा बढी माग गर्ने २ हजार ३३० जनालाई समेत १३० कित्ता न्यूनतम बाँडफाँड धितोपत्र बिक्री प्रबन्धक प्रभु क्यापिटलले जनाएको छ। यसैगरी १३० कित्ताभन्दा बढी कित्ता आवेदन दिने २ हजार ३३० जना आवेदकमध्ये चिठ्ठा प्रणालीबाट २ हजार २९२ जनालाई १० कित्ता थप गरेर १४० कित्ता सेयर बाँडफाँड गरिएको छ।

गत २०७८ चैत २७ गतेदेखि २०७९ वैशाख ११ गतेसम्म संखुवासभा जिल्लाका स्थानीयलाई सार्वजनिक निष्कासन खुला गरेको रिभर फल्स पावरको ७ लाख कित्ता साधारण सेयर निष्काशन गरेको थियो।

बाँडफाँडको नतिजा प्रभु क्यापिटलको वेबसाइट https://results.prabhucapital.com बाट हेर्न सकिने छ।

सम्बन्धित समाचार