रुसले मरिपोल स्टिल उद्योगमा फेरि आक्रमण गरेको युक्रेनको दाबी



युक्रेनले नागरिकको उद्धार नसकिँदै मरिपोलको स्टिल उद्योगमा रुसले फेरि आक्रमण गरेको दाबी गरेको छ । स्टिल उद्योगमा फसेका सयौँ नागरिकको उद्धार कार्य बाँकी रहेका बेला रुसले आक्रमण गरेको युक्रेनको आरोप छ ।

युक्रेनी सुरक्षाकर्मीका अनुसार स्टिल उद्योगमुनि रहेको बङ्करमा अझै कैयौँ बालबालिका र नागरिक फसेका छन् । त्यहाँ फसेका नागरिकलाई अन्तै लैजाने प्रयास भइरहेको छ ।

उद्योगमा आश्रय लिएर बसेका नागरिकलाई आइतवारदेखि उद्धार थालिएको थियो । केहीको उद्धार भएको बीबीसीले जनाएको छ । स्टिल उद्योगबाट उद्धार गरिएको पहिलो समूह जापोरिझिया सहरमा पुग्दैछ ।

संयुक्त राष्ट्र सङ्घ (यूएन) र अन्तर्राष्ट्रिय रेडक्रसले फसेका नागरिकलाई उद्धार गरेर अन्तै लैजान सहयोग गरिरहेका छन् । जापोरिझिया सहर मरिपोलबाट एक सय ४० माइल उत्तर–पश्चिममा रहेको छ ।

सम्बन्धित समाचार