सिलिचोङमा कांग्रेसको वृहत आमसभा हुँदै



खाँदबारी । संखुवासभाको सिलिचोङ–२ बुधबारे बजारमा बृहत आमसभा हुने भएको छ । स्थानीय तह निर्वाचन २०७९ लक्षित आम सभा बुधबार (बैशाख २१) मा गरिने भएको हो । नेपाली कांग्रेस केन्द्रीय सदस्य तथा पुर्व स्वास्थ्य राज्यमन्त्री एवम संविधानसभा सदस्य तारामान गुरुङ, नेपाली कांग्रेस संखुवासभा पूर्व जिल्ला सभापती दिपनकुमार श्रेष्ठ लगायतको उपस्थितीमा आम सभा हुने जनाईएको छ ।

स्थानीय तह निर्वाचन प्रचारप्रसार समिती, सिलिचोङले आयोजना गरेको आमसभामा अतिथि तथा कांग्रेसका उम्मेद्वारहरुले वक्तव्य प्रस्तुत गर्ने छन् । सोहि आमसभामा साँस्कृतिक संघ तथा कलाकारहरुको साँस्कृतिक प्रस्तुति रहने आयोजकले जनाएको छ । कार्यक्रममा गायक तथा संगितकार डी।जे। मेवाहाङ र गायिकाअस्मि बान्तावाले प्रस्तुति दिने छन् । ।

सम्बन्धित समाचार