संखुवासभा । नेपाली काँग्रेसका जिल्ला सभापति दिपक खडकाले गठबन्धनका बारेमा अर्नगल प्रचार नगर्न आग्रह गरेका छन् ।
मंगलबार खाँदबारी नगरपालिका ४ सेकाहामा नेपाली काँग्रेसले आयोजना गरेको घरदैलो कार्यक्रमलाई सम्बोधन गदै गठबन्धनका बारेमा अर्नगल प्रचार नगर्न आग्रह गरेको हो । उनले केपीबादको बिरूद्व र संबिधानको रक्षा गर्नका लागि पाँचदलीय गठबन्धन गर्नु राष्ट्रिय आवश्यकता रहेकाले गरिएको स्पष्ट पारे । देशभर गठबन्धन पक्षमा जनलहर देखिएकाले एमालेले विभिन्न भ्रामक कुराहरू ल्याउन सक्ने भएकाले त्यसको जुटेर सामना गर्नुपर्ने सभापति खडकाले बताए । गठबन्धनमा आबद्वमा दलहरूले यो पार्टीलाई मत दिने त्यो पार्टीलाई नदिने भन्ने, गठबन्धनको बारेमा विरोध गर्ने जस्ता कामहरू नगर्न सभापति खडकाले आग्रह गरे ।
संखुवासभामा यो पटक १० वटै स्थानीय तहमा गठबन्धनले जित्ने अवस्था रहेकाले विपक्षी आतिएको जिल्ला सभापति खडकाले दावी गरे ।
उक्त कार्यक्रममा पुर्वसभापति दिपनकुमार श्रेष्ठ, महाधिवेशन प्रतिनिधी तथा काँग्रेस संखुवासभाका प्रबता दिपेन्द्र वान्तवा, नेता महेश श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो । यहि बैशाख ३० गते स्थानीय तहको निर्वाचन तोकीएको छ ।त्यसैको तयारीमा दलहरू चुनाव प्रचारप्रसारमा जुटेका छन् ।
प्रतिक्रिया