आगामी वैशाख ३० मा हने स्थानीय तहको निर्वाचनका लागि नियम विपरित उम्मेदवारी दिने २३ जनालाई संखुवासभा कांग्रेसले कारबाही गरेको छ । पार्टीमा आबद्ध रहेका तर अनुशासन उल्लंघन गरेको भन्दै पालिकाका विभिन्न पदमा उम्मेदवारी दिएकालाई जिल्ला कार्य समिति संखुवासभाले कारबाही गरेको हो ।
उनीहरुलाई कांग्रेसको साधारण सदस्य समेत नरहने गरि कारबाही गरिएको जनाइएको छ । कारबाहीमा पर्नेहरु उम्मेदवारका समर्थक, प्रस्तावक र उम्मेदवार रहेका छन् ।
धर्मदेवी नगरपालिकाबाट वडाध्यक्ष पदका उम्मेदवार राजु घिमिरे, उनका प्रस्तावक भोलामान घिमिरे र समर्थक नवराज भण्डार िरहेका छन् । घिमिरेले वडा नं. ४ बाट अध्यक्ष पदमा स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् ।
यस्तै मादी नगरपालिका वडा नं. ६ का यादव चन्द्र खड्का रहेका छन् । उनी मादी नगरपालिकाका कांग्रेसका सभापति समेत रहेका थिए । गत वैशाख १० गते सभापति पदबाट राजिनामा दिएका उनले राप्रपाबाट मादी नगरपालिका प्रमुखमा उम्मेदवारी दिएका छन् ।
यस्तै मकालु गाउँपालिकाका बाल कुमार राई, भिमलाल राई, राजिव कटुवाल, दिपेश गुरुङ्ग, धन बहादुर तामाङ्ग, दिलिप तामाङ्ग, आङ्गरेन्जी शेर्पा, धन बहादुर तामाङ्ग र दिलिप तामाङ्ग रहेका छन् ।
पाँचखपन नगरपालिकाका सन्तोष वस्नेत, भरत वस्नेत, तिलक तामाङ्ग, पुर्ण बहादुर थापा, पुष्प बहादुर गुरुङ्ग, सागर विक, कुमार राई, सलन राई र सन्देश याख्खा रहेका छन् ।
प्रतिक्रिया