चिचिला । चिचिला गाउँपालिका वडा नम्बर ३ को मत गणनाको क्रममा बिवाद भएपछि नेकपा एमाले र नेकपा माओवादी केन्द्रले पुनः निर्वाचन गर्नु पर्ने माग राखेका छन् । दुवै पार्टीले संयुक्त विज्ञप्ती निकाल्दै उक्त माग राखेका हुन् ।
चिचिला गाउँपालिकाका शिक्षक विश्वरसिह मेवाहाङलाई नेकपा एमालेले दलकाे प्रतिनिधी बनाएपछि कांग्रेसले बिरोध गरेको थियो । उक्त विरोधपछि एमाले माओवादी पक्ष र कांग्रेस पक्षका युवाहरु विच बिवाद भएको थियो । बिवादको क्रममा दुवै पक्षबाट हातपात समेत भएको थियो ।
उक्त घटनापछि नेकपा एमाले र नेकपा माओवादीले मत गणना स्थल छोडेका थिए ।
प्रतिक्रिया