ताम्कु । सिलिचोङ गाउँपालिकाको पाँच वडाहरु मध्ये २ वटा वडाको अन्तिम मत परिणाम आईसकेको छ । दुई वटा वडा गन्दा अध्यक्ष पदमा नेकपा माओवादीको उमेदवार मञ्जिल कुलुङ कांग्रेसका उमेदवार भुपालराज मेवाहाङ भन्दा ५२ मतले अगाडि छ ।
मञ्जिलले हालसम्म १०७० मत प्राप्त गरेका छन् भने भुपालराजले १०१८ मत प्राप्त गरेका छन् । वडा नम्बर १ माओवादी उमेदवार मञ्जिलको गृह वडा हो भने २ कांग्रेस उमेदवार भुपालराजको गृह वडा हो । वडा नम्बर १ को अन्तिम मत परिणाम आउदा मञ्जिलले भुपालराजलाई ४३२ मत अन्तरले छोडेको थियो । वडा नम्बर २ बालाको अन्तिम मत परिणाम आउँदा उक्त मत अन्तरलाई भुपालराजले ५२ मा झारेको छ ।
सिलिचोङको उपाध्यक्ष पदमा भने नेपाली कांग्रेसका उमेदवार देवीता कुलुङ अग्रपंतिमा छन् । उनले निकट्तम् प्रतिद्वन्दि माओवादी केन्द्रका देवी कुमारी राईलाई ५१ मतले पछाडि पारेका छन् । देविताको हालसम्मको मत १०१७ रहेको छ भने देवीकुमारीको ९६६ रहेको छ । यसपछि वडा नम्बर ३ को मत गणना हुने छ । उपाध्यक्षका दुवै उमेदवार वडा नम्बर ३ ताम्कुकै हुन् ।
नेकपा एमाले भने निक्कै न्युन मतका साथ तेश्रो स्थानमा रहेको छ । एमाले अध्यक्षका उमेदवार खड्गनन्द राईको २११ मत रहेको छ भने उपाध्यक्षको उमेदवार मेनुका राईको ३८० मत रहेको छ ।
प्रतिक्रिया