चिचिलाको रोकिएको मत गणना सुचारु गर्ने निर्वाचन आयोगको निर्णय



खाँदबारी । बिवादपछि स्थगित भएको चिचिला गाउँपालिकाको मत गणना सुचारु गर्ने निर्वाचन आयोगले निर्णय गरेको छ ।

स्थानीय शिक्षकलाई नेकपा एमालेले प्रतिनिधी बनाएपछि सुरु भएको बिवादका कारण रोकिएको मत गणना सुचारु गर्न निर्वाचन अधिकृतको कार्यालय चिचिलालाई पत्राचार समेत गरेको छ ।

निर्वाचन अधिकृतको कार्यालयले बिवादपछि आयोगलाई जानकारी गराएको थियो । आयोगको आईतबार दिउँसो बसेको बैठकले आवश्यक सुरक्षा ब्यवस्था गरि मत गणना कार्यलाई निरन्तरता दिन पत्राचार गरेको छ । उक्त पत्र प्राप्त भए पश्चात आईतबार साँझबाट मत गणना कार्य सुचारु गर्ने निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

सम्बन्धित समाचार