गठबन्धनले खाता खोल्यो, सभापोखरीमा कांग्रेस नेतृत्वको गठबन्धन विजयी



खाँदबारी । जिल्लाको सभापोखरी गाउँपालिकामा नेपाली कांग्रेस नेतृत्वको गठबन्धनले अध्यक्ष र उपाध्यक्ष पद जितेको छ । अध्यक्ष पदमा नेपाली कांग्रेसका भिमबहादुर लिम्बु र नेकपा (एकिकृत समाजवादी) का उपाध्यक्ष लक्ष्मी चापागाई निर्वाचित भएका छन् ।

अध्यक्ष पदका उमेदवार लिम्बुले ३,००७ मत प्राप्त गरेका छन् भने उपाध्यक्ष पदका उमेदवार चापागाईले २,४३९ मत प्राप्त गरेका छन् । निकटतम प्रतिद्वन्दी नेकपा एमालेका अध्यक्ष रत्न सुब्बाले २,३०५मत प्राप्त गरेका छन । त्यस्तै उपाध्यक्षका निकटतम् प्रतिद्वन्दी नेकपा एमालेका सविता बरालले २,३७६. मत प्राप्त गरेका छन् ।

सभापोखरी गाउँपालिकामा ६ वडाहरु मध्ये १, २ र ३ नेकपा एमालले जितेको छ भने वडा नम्बर ४, र ६ मा गठबन्धन अन्तर्गतको नेपाली काग्रेसले जितेको छ । मित्रवत प्रतिष्पर्धा भएकोमा वडा नम्बर ५ मा पनि नेपाली कांग्रेसले नै जितेको छ ।

सम्बन्धित समाचार