खाँदबारी । साल्पासिलिछो गाउँपालिकामा गाउँपालिका अध्यक्षका स्वतन्त्र उमेदवार दौलथ कुलुङ विजेता बनेका छने । कुलुङले १,८१४ मत ल्याएर विजेता बनेका हुन् ।
उनका निकटतम् प्रतिद्वन्दि नेपाली कांग्रेसका महेश राईले १,७८६ मत प्राप्त गरेका छन् भने नेकपा एमालेका शान्तिबहादुर अधिकारीले १,३८३ मत प्राप्त गरेका छन् ।
यस अघि नेकपा एमालेमा रहेका कुलुङलाई पार्टीले टिकट नदिएपछि धारा चुनाव चिन्ह लिएर उमेदवार बनेका हुन् । उनी यस अघि कार्यपालिका सदस्य थिए ।
पालिकाका उपाध्यक्षमा नेपाली कांग्रेसका उमेदवार अस्मिता कुलुङ विजयी बनेका छन् ।
प्रतिक्रिया