काभ्रेको मण्डनदेउपुरको मेयरमा एकीकृत समाजवादी र उपमेयरमा कांग्रेस विजयी



काठमाडौं । काभ्रेको मण्डनदेउपुर नगरपालिकाको मेयरमा नेकपा एकीकृत समाजवादी र उपमेयरमा नेपाली कांग्रेस विजयी भएका छन ।

मेयरमा एकीकृत समाजवादीका टोकबहादुर तामाङ र उपमेयरमा कांग्रेसका विष्णुमणि नेपाल निर्वाचित भएका हुन् ।

तामाङले ९ हजार ४०६ मत ल्याएर मेयरमा निर्वाचित हुँदा उनका निकटतम् प्रतिद्वन्दी नेकपा एमालेका बिदुरप्रसाद सापकोटाले ८ हजार ३५१ मत ल्याए । यसअघि तामाङ नेकपा एमालेबाट मेयरमा निर्वाचित भएका थिए । पार्टी विभाजनपछि तामाङ एकीकृत समाजवादी काभ्रेका अध्यक्ष भए ।

मण्डनदेउपुर नगरपालिका नेकपा एमालेका पोलिट्ब्यूरो सदस्य गोकुल बाँस्कोटाको गृहनगर हो ।

सम्बन्धित समाचार