चितवन राष्ट्रिय निकुञ्जभित्रका पर्यटकीय गतिविधि आजबाट बन्द



काठमाडौं । चितवन राष्ट्रिय निकुञ्जभित्र गरिने पर्यटकीय गतिविधि आजबाट बन्द गरिएको छ । वर्षा सुरु भएसँगै जंगल सफारी, जंगल वाक, राप्ती नदीमा गरिने डुंगा सयर लगायतका गतिविधि बन्द गरिएको हो ।

निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले निकुञ्जभित्रका खोला तथा खोल्सामा बाढी आउने, कच्ची बाटाहरु बिग्रिने र रूखहरु लडेर बाटो अवरुद्ध हुन सक्ने भएकाले अर्को सूचना जारी नभएसम्मका लागि निकुञ्जभित्रका पर्यटकीय गतिविधि बन्द गरिएको जानकारी दिए ।

निकुञ्जले हरेक वर्ष वर्षा सुरु भएपछि राष्ट्रिय निकुञ्जभित्र पर्यटकीय गतिविधि बन्द गर्दछ ।

सम्बन्धित समाचार