नेकपा एकीकृत समाजवादी संखुवासभाले उमेद्वारकाे नामावली पठायाे, हेर्नुहाेस नामावली



संखुवासभा । नेकपा एकीकृत समाजवादी संखुवासभाले आगामी मंसिर ४ गते हुन लागेको प्रतिनिधीसभा र प्रदेशसभा निर्वाचनका लागि उम्मेदवारको नामावली सिफारिस गरेको छ ।

सोमबार सदरमुकाम खाँदबारीमा बसेको पार्टीको जिल्ला कमिटी बैठकले संखुवासभाका एक प्रतिनिधीसभा र दुई प्रदेशसभा निर्वाचनका लागि उम्मेदवारको नामावली सिफारिस गरेको नेकपा एकीकृत समाजवादी संखुवासभाका अध्यक्ष मानसिङ पोख्रेलले बताए । उनको अनुसार, प्रतिनिधीसभामा जिल्ला अध्यक्ष मानसिङ पोख्रेल, डा.गुप्तबहादुर श्रेष्ठ र हेमराज घिमिरे गरि ३ जनाको नाम सिफारिस गरेको छ ।

त्यसैगरि प्रदेशसभा (क)का लागि उपेन्द्र राई, दुर्गा राई, राजकुमार घिमिरे र बद्री सापकोटा गरि ४ जना प्रत्यक्ष तर्फ सिफारिस गरेका छन् भने समानुपातिक तर्फ राजेन्द्र लिम्बु, लक्ष्मी ढुङगाना, डेगेश्वरी श्रेष्ठ, केशर महते र गंगा गुरुङ गरि ५ जनाको नाम सिफारिस गरेको छ ।

त्यसैगरि प्रदेशसभा (ख) उमेशकुमार डाँगी, ऋषिकेशव चापागाई, छत्रबहादुर न्यौपाने, पदमकुमारी गुरुङ, सरिता खड्का र सुलाक्षणा शाक्य गरि ६ जनाको नाम सिफारिस गरेको छ । एकमुष्ट नाम सिफारिस गरिएको प्रत्यक्ष र समानुपातिक नछुट्टाइएको जिल्ला अध्यक्ष पोख्रेलको भनाइ छ । गठबन्धनमा समेत आफ्नो पार्टी आवद्ध रहेकाले कसरी सिट बाँडफाँड हुन्छ भन्ने बिषय अर्को महत्वपूर्ण रहने समेत उनको भनाइ छ ।

सम्बन्धित समाचार