संखुवासभा माओवादीले सिफारिस गर्यो प्रदेश र संघको उमेदवार



खाँदबारी । नेकपा माओवादी (केन्द्र) संखुवासभाले आगामी मङ्सिर ४ गते हुने निर्वाचनका लागि प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यका नाम सिफरिस गरेको छ । माओवादी केन्द्र संखुवासभाले प्रतिनिधिसभा सदस्यका लागि केन्द्रिय सदस्य तथा जिल्ला इन्चार्ज राजेन्द्र कार्की (नविन) सहित दुई जनाको नाम सिफरिस गरेको छ ।

माओवादी केन्द्र संखुवासभाको मंगलबार बसेको बैठकले प्रतिनिधिसभा प्रत्यक्ष तर्फ केन्द्रिय सदस्य तथा जिल्ला इन्चार्ज राजेन्द्र कार्की (नविन) र प्रदेश कमिटी सदस्य रिपु प्रसाद राईको नाम सिफारिस गरेको नेकपा माओवादी (केन्द्र) संखुवासभाका संयोजक टेकमान राईले जानकारी दिए । प्रतिनिधिसभा सदस्य समानुपातिक तर्फ इन्दिरा मिश्र (चेतना) को एकल नाम सर्वसम्मत गरेको जिल्ला संयोजक राईले बताए ।

त्यसैगरि प्रदेशसभा ‘क’ प्रत्यक्ष तर्फ ५ जनाको नाम सिफारिस गरेको छ । प्रदेशसभा सदस्यका लागि केन्द्रिय सदस्य राजेन्द्र कार्की,प्रदेश सदस्य रिपप्रसाद राई, जिल्ला संयोजक टेकमान राई,प्रदेश सांसद पुर्णप्रसाद राई र दिब्यराज बरालको नाम सिफारिस गरेको छ । प्रदेशसभा ‘क’ समानुपातिक तर्फ अदल कुलुङ,पूmर्पु छिरिङ सिवो,अर्जुन विश्वकर्मा,बविता कटुवाल र गणेश कुमार राई केत्राको नाम सिफारिस गरेको छ ।

प्रदेशसभा ‘ख’ मा प्रत्यक्ष तर्फ कृष्ण जिमी (भरत), मानकाजी कोइराला विक,चन्द्र बहादुर न्यौपाने, पृथक कुमार पाठक छिरिङ शेर्पाको नाम सिफारिस गरेको छ । भने प्रदेशसभा समानुपातिक तर्फ बाबुराम राई (विवस), लाखमान तामाङ,इन्द्र प्रसाद बराल,दावाछत्र शेर्पा,कुमारजंग राई,पासाङनिमा शेर्पा, अमर बहादुर कार्की र सविना लिम्बुको नाम सिफारिस गरेको माओवादी केन्द्रले जनाएको छ । ०७४ को निर्वाचनमा प्रदेशसभा ‘क’ मा माओवादी केन्द्रका पूर्ण प्रसाद राईले जितेका थिए ।

जिल्ला निर्वाचन कार्यालयमा अनुसार संखुवासभामा १ लाख १७ हजार ७ सय ३१ जना मतदाता रहेका छन् । संखुवासभामा एक प्रतिनिधिसभा र दुई प्रदेशसभा क्षेत्र रहेका छन् । नेकपा माओवादी केन्द्रबाट सिफारिस भएकाहरुकाे नामावली यहाँ राखिएकाे छ ।

 

सम्बन्धित समाचार