एमाले संखुवासभाकाद्वारा प्रतिनिधिसभाका लागि ६ जनाको नाम सिफारिस



संखुवासभा । आगामी मङ्सिर ४ गते हुने आम निर्वाचनका लागि संखुवासभा नेकपा ९एमाले०ले प्रतिनिधिसभा सदस्यका लागि ६ जनाको नाम सिफरिस गरेको छ । एमाले संखुवासभाको मंगलबार बसेको बैठकले प्रतिनिधिसभा प्रत्यक्ष तर्फ स्थायी कमिटी सदस्य तथा संघीय सांसद राजेन्द्र प्रसाद गौतम सहित ६ जना नाम सिफारिस गरेको हो ।

प्रतिनिधिसभामा प्रत्यक्षतर्फ स्थायी कमिटी सदस्य तथा संघीय सांसद राजेन्द्र प्रसाद गौतम, पूर्व राजदुत डाक्टर अर्जुन कार्की, प्रदेश १ का अध्यक्ष तुलसी न्यौपाने,शेरबहादुर कार्की,छत्रजंग बहादुर कार्की र लेखनाथ बुढाथोकी गरी ६ जनाको जनाको नाम सिफारिस गरेको नेकपा एमाले सङ्खुवासभाका अध्यक्ष जीतबहादुर घिमिरेले जानकारी दिए ।

मंगलबार बैठकमा सहमति जुट्न नसकेपछि ६ जनाको नाम केन्द्रमा सिफारिस गरेको एमालेले जनाएको छ । स्थायी कमिटी सदस्य गौतम तेस्रो पटक चुनाव लड्दै छन् । प्रतिनिधिसभामा सिफारिस भएका डा। कार्की दुई पटक अमेरिकाको राजदुत सकेका छन् । कार्की भइसकेका छन् । त्यस्तै न्यौपाने नेकपा एमाले प्रदेश १ का अध्यक्ष हुन् । प्रतिनिधिसभा सदस्य समानुपातिक तर्फ गोमादेवी कटुवाल,चन्द्र बहादुर भारती, प्रेम शाक्य,भीम बहादुर लिंखा वाङदावी भोटे र श्याम सुन्दर शेर्पाका नाम सिफारिस भएको छ । संखुवासभामा एक प्रतिनिधिसभा र दुई प्रदेशसभा क्षेत्र रहेका छन् ।

त्यसैगरि प्रदेशसभा ‘क’ प्रत्यक्ष तर्फ तीन भविश्वर गुरुङलाई सर्वसम्मत सिफारिस गरेको छ । प्रदेशसभा ‘ख’ मा प्रत्यक्ष तर्फ विदुर सुब्बा लिङ्थेप,भरत कुमार खत्री र धनसिंह जिमी को नाम सिफरिस गरेको नेकपा एमाले संखुवासभाले जनाएको छ । प्रदेशसभा समानुपातिक तर्फ २६ जनाको नाम सिफारिस गरेको एमालेले जनाएको छ । ०७४ को निर्वाचनमा संघ र प्रदेशसभा ‘ख’ एमालेले जितेको थियो ।

प्रदेशसभा ‘क’ मा माओवादी केन्द्रका पूर्ण प्रसाद राईले जितेका थिए । जिल्ला निर्वाचन कार्यालयमा अनुसार संखुवासभामा १ लाख १७ हजार ७ सय ३१ जना मतदाता रहेका छन् ।

सम्बन्धित समाचार