सोलुखुम्बुमा सातौँ पटक बल बहादुर केसीको मनोनयन दर्ता



सोलुखुम्बु । सत्तारुढ गठबन्धनको तर्फबाट टिकट पाएका का“ग्रेस केन्द्रिय सदस्य बलबहादुर केसीले सोलुखुम्बुमा प्रतिनिधिसभाको लागि उम्मेदवारी दर्ता गराएका छन् ।

अन्तिम समयमा शेखर समुहको दबाबका विच टिकट लिन सफल भएका केसीले एक मात्र निर्वाचन क्षेत्र रहेको सोलुखुम्बुमा गठबन्धनमा रहेको दलहरुको समर्थन सहित प्रतिनिधिसभामा मनोनयन दर्ता गराएका हुन् । २०४८ साल यताको संसदिय निर्वाचनमा लगातार काँग्रेसबाट चुनाव लडेका केसीको जिल्लामा उम्मेदवारी यो साँतौ पटक हो ।

नेपाली काँग्रेस सोलुखुम्बुले समानुपातिकमा नाम सिफारिस गरेका केसीले शेखर कोईराला समुहको दबाबका विच जिल्लाको सिफारिस विनै टिकट ल्याएर चुनावी मैदानमा होमिएका हुन् । यहाँ प्रदेस सभाको दुवै निर्वाचन क्षेत्र माओबादी केन्द्रले पाएको छ ।

काँग्रेसको संस्थापन पक्षले कुनै पनि तहमा टिकट नपाउँदा काँग्रेस भित्रै असन्तुष्टि देखिएको छ । ‘हामीले युगको माग अनुसार नेतृत्व पूस्तान्तरणको पक्षमा निर्णय गरेर पठाएका थियौँ’ जिल्ला सभापति नाम्गेलजाङ्बु शेर्पाले भने, ‘केन्द्रले भागबण्डाका नाममा यस्तो निर्णय गरेछ ।’ प्रदेश १ मा काँग्रेसले लिएको १९ सिट मध्ये कोईराला समुहले जम्मा ४ सिट मात्रै पाएको छ ।

मोरङमा ३ सिट र सोलुखुम्बुमा एक सिटमा आफ्ना नेतालाई टिकट दिलाउन कोईराला समुह सफल भएको छ । पुर्व मन्त्रि समेत रहेका केसीले यस अघि लडेका ६ चुनाव मध्ये ४ मा जित र २ चुनावमा हार ब्यहोरेका छन् । उनी २०६४ र २०७४ सालको निर्वाचनमा पराजित भएका हुन् ।

हिमाल समाचार डट कमको सहयोगमा तयार पारिएको ।

सम्बन्धित समाचार