भोजपुरबाट प्रतिनिधीसभा र प्रदेशसभाका लागि २५ को उम्मेदवारी, को को हुन् उमेद्वार ?



भोजपुर । मंसिर ४ गते हुन गइरहेको प्रतिनिधी र प्रदेशसभा निर्वाचनका लागि भोजपुरमा २५ जनाले उम्मेदवारी दर्ता गराएका छन् । एक निर्वाचन क्षेत्र रहेको प्रतिनिधीसभाका लागि स्वतन्त्र सहित १२ जना र प्रदेश (क) तर्फ सात जना र प्रदेश (ख) मा छ जनाले उम्मेदवारी दर्ता गरेका हुन् ।

प्रतिनिधीसभा तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि भोजपुरमा स्वतन्त्र बाहेक पुरानै अनुहार दोहोरिएका छन् । उम्मेदवारी दर्ता भए पनि सत्ता गठवन्धन र प्रतिपक्ष एमालेका उम्मेदवारका बिचमा प्रतिस्पर्धा हुने निश्चित छ ।

प्रतिनिधीसभाका लागि एमालेले पूर्वमुख्यमन्त्री तथा पोलिटब्युरो सदस्य शेरधन राईलाई उम्मेदवार बनाएको छ भने गठवन्धनले पूर्व सांसद तथा माओवादी नेता सुदन किरातीलाई उम्मेदवार बनाएको छ । यस्तै गठवन्धनका तर्फबाट प्रदेश १ का मुख्यमन्त्री तथा नेकपा (समाजवादी) का सचिव राजेन्द्रकुमार राई र एमालेका तर्फबाट केन्द्रिय सदस्य तथा जिल्ला इन्चार्ज हरि बहादुर राई जिल्लाको प्रदेश (क) बाट चुनावी प्रतिस्पर्धामा छन् ।

२०७४ सालको प्रतिनिधीसभा तथा प्रदेश सभा सदस्य निर्वाचनमा तत्कालीन बाम गठबन्धनबाट शेरधन राई, सुदन राई र राजेन्द्रकुमार राई निर्वाचनमा बिजयी भएका थिए । जसमा प्रतिनिधी सभातर्फ सुदन, प्रदेशसभा क तर्फ राजेन्द्रकुमार राई र प्रदेशसभा ख तर्फ शेरधन राई विजयी भएका थिए ।

आगामी निर्वाचनमा भने माओवादी केन्द्रका सुदन गठवन्धनका तर्फबाट शेरधनको प्रतिस्पर्धामा छन् । भोजपुरको प्रदेशसभा ख तर्फ भने गठवन्धन र एमालेका दुवै उम्मेदवार नयाँ हुन् । एमालेबाट खड्गबहादुर कार्की र गठबन्धनबाट कांग्रेसका जिल्ला सभापति विनोद वान्तावा राई प्रतिस्पर्धामा छन् ।

पार्टीबाट टिकट बितरणमा असन्तुष्टी जनाउँदै कांग्रेसका उत्तम चापागाईले पनि प्रदेशसभा क बाट बागी उम्मेदवारी दिएका छन् । यस्तै स्वतन्त्रबाट दिलीप कुमार खतिवडा र महेश योञ्जनले प्रतिनिधीसभाका लागि स्वतन्त्र उम्मेदवारी दिएका छन् । यस्तै साना दलहरुबाट प्रतिनिधिसभातर्फ नेपालका लागि नेपाली पार्टीका डा। सुरेश बस्नेत, मंगोल नेशनल अर्गनाईजेशनबाट चन्द्रप्रसाद राई, खम्बुवान राष्ट्रिय मुक्ती मोर्चाबाट ऋषिधन राई, हाम्रो नेपाली पार्टीबाट रमेशप्रसाद ओझा, राप्रपाबाट जितेन्द्र घले, जसपाबाट ध्रुव राईको उम्मेदवारी परेको मुख्य निर्वाचन अधिकृतको कार्यालय भोजपुरले जनाएको छ ।

प्रदेशसभा क तर्फ मंगोल नेशनल अर्गनाईजेशनबाट अनिल राई, राप्रपाबाट फुर्वादोर्चि शेर्पा, हाम्रो नेपाली पार्टीबाट लक्ष्मिप्रसाद अधिकारी र जसपाबाट मणिराज राईले उम्मेदवारी दर्ता गराएका छन् । त्यस्तै प्रदेशसभा क्षेत्र नं २ तर्फ राप्रपाबाट केशर बहादुर श्रेष्ठ, हाम्रो नेपाली पार्टीबाट भरत कुमार ताम्राकार, जसपाबाट आशकुमार राई, नेपाली कांगे्रसका बिनोद राई र स्वतन्त्र सुर्य प्रसाद राईले उम्मेदवारी दिएका छन् ।

सम्बन्धित समाचार