नेकपा एमाले संखुवासभाले सार्वजनिक गर्यो प्रतिवद्धता पत्र (पूर्णपाठ सहित)



खाँदबारी । नेकपा एमाले संखुवासभाले आसन्न निर्वाचनका लागि प्रतिवद्धता पत्र सार्वजनिक गरेको छ । बुधबार पत्रकार सम्मेलनको आयोजना गरि प्रतिवद्धता पत्र सार्वजनिक गरेको हो ।

नेकपा एमाले संखुवासभाले आफ्ना उमेद्वारहरु निर्वाचित भएपछि ५ बर्षमा गर्ने कार्यहरु १७ वटा शिर्षकमा उल्लेख गरेको छ । नेकपा एमाले संखुवासभाले कृषि विकास तथा पशुपालन, यातायात विकास, पर्यटन प्रवर्धन तथा मनोरञ्जन, उद्योग तथा ब्यापार, सामाजिक सुरक्षा कार्यक्रम, खानेपानी तथा सरसफाईका लगायतका क्षेत्रमा गर्ने कार्यहरु प्रतिवद्धता पत्रमा उल्लेख गरेको छ ।

त्यस्तै, कृषि सिंचाई, ढल निकाश र फोहोर ब्यवस्थापन, आधुनिक शहरः विकाशको लहर, पुर्वाधार विकास, स्वास्थ्य तथा जनसंख्या, शिक्षा तथा खेलकुदका क्षेत्रमा गर्ने कार्यहरु प्रतिवद्धता पत्रमा समावेश गरेका छन् ।

यस्तै, सहकारी तथा बैंकिङ सेवा, विद्युत विस्तार तथा सौर्य उर्जा प्रवर्धन, सञ्चार क्षेत्रको विकास, नागरिक मैत्री शुसासन र बिविध गरि १७ शिर्षकमा प्रतिवद्धता पत्र सार्वजनिक गरेका हुन् ।

कार्यक्रममा बोल्नुहुँदै प्रतिनिधी सभाका उमेद्वार राजेन्द्र गौतमले आफुहरु निर्वाचित भईसकेपछि उक्त सवै प्रतिवद्धताहरु पुरा हुने बताउनुभयो । अघिल्लो पटक निर्वाचित भईसकेपछि पनि एक सयको हाराहारीको संख्यामा जिल्लामा योजनाहरु भित्र्याएको जानकारी दिनुहुँदै अव निर्वाचित भए उक्त संख्यामा बढेर जाने प्रतिवद्धता ब्यक्त गर्नुभयो ।

नेकपा एमाले आम नेपालीहरुको साझा पार्टी भएको यस पटकको उमेदवारहरुबाट प्रष्ट हुने समेत गौतमले बताउनुभयो । अन्य दलहरुको उमेदवार एक पक्षीय रहेको तर एमालेमा समावेशी सिद्धान्त पालना गरिएको उहाँले बताउनुभयो । जसबाट समेत नेकपा एमाले देशकै सर्वश्रेष्ठ पार्टी रहेको गौतमले दावी गर्नुभयो ।

नेकपा एमाले स‌खुवासभाको प्रतिवद्धता पत्रकाे पूर्णपाठ पढ्न यहाँ क्लिक गर्नुहाेस ।

सम्बन्धित समाचार