जंगली च्याउ खाँदा संखुवासभामा दुई बिरामी




खाँदबारी । संखुवासभाको चिचिला गाउँपालिकामा जंगली च्याउ खाएर दुई जना बिरामी परेका छन् । वडा नं. १ चानौटे टोलका गौमाया राई र पदम कुमारी राई बिरामी परेका हुन् ।

बिहिबार जंगली च्याउ खाएका उनीहरु शुक्रबार बिहानैदेखि बिरामी परेपछी उपचारका लागि जिल्ला अस्पताल खाँदबारी ल्याइएको थियो । उनीहरुको अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ ।

सम्बन्धित समाचार