राजनीतिक पार्टीको उमेर कति ?



नेपालमा अहिले केही कुरा आम रूपमा आव्हान भइरहेका छन् । त्यो के भने पुराना दल र बुढा नेतालाई भोट नदिइ मतदाताले राजनीतिबाट विस्थापन गर्नु पर्ने । निर्वाचनको माहोलमा सबैलाई राजनीतिक चस्का लाग्नु स्वभाविकै हो । विगतको पर्फर्मेन्सका आधारमा राजनीतिक दल र तिनका नेताको समीक्षा हुनु स्वभाविक हो । नेपाली राजनीतिमा साँस्कृतिक रूप ग्रहण गरेर बसेका कुराहरु छन् l सरकारको कमजोर कार्य सम्पादन, नेताको स्वार्थ केन्द्रित अराजनीतिक गुटबन्दी एवं स्खलित देशप्रेम, जनमैत्री संस्कारको अभाव, राष्ट्रियहित संरक्षणमा उदेकलाग्दो उदासिनता, देश निर्माणको राष्ट्रिय सङ्कल्प र प्रभावकारी अभियानको अभाव । मानिसहरू आक्रोशित हुन, विरक्तिन र निरास बन्न उपरोक्त कारण काफी छन् ।

मानिसका यिनै मनोभावमा टेकेर विभिन्न समूहहरू वितृष्णाको खेतीमा लागिरहेका छन् । कोही ल्य ल्यत ब्नबष्ल, कोही स्वतन्त्र उम्मेद्वारको मुल फुटाउने, त कोही पुराना दलहरुबाट अब केही हुन नसक्ने ठोकुवा गर्ने अभियान चलाई रहेका छन् । यसमा आफूलाई उच्च बोैध्दिक ठान्ने, मान्नेहरू नै अग्रसर छन् । र उनीहरूको हिर्काइको केन्द्रमा छ, ुबुढ्यौली उमेरु । धेरै नेपाली बुज्रुक अचेल के ठान्छन् भने ‘म कहिल्यै ६० बर्ष पुग्ने छैन, पुगेँ भने म त्यो बेला सार्वजनिक जीवन जिउने छैन । अथवा ६० पुगेकाहरू घरैमा आराम गरिबस्नु पर्छ । त्यसैले ६० बर्ष नाघेका नेता र पुराना दललाई भोट नदिउँ !’

प्रश्न जन्मिएको अजेण्डा होइन, उमेर हेरेर भोट दिनुपर्ने हो ? सामाजिक सञ्जालमा व्यापक बनेको यस आव्हानले उमेरका आधारमा प्रत्यक्ष विभेद र भ्रम उत्पन्न गरिएको छ । के भोट दिने, पाउने मापदण्ड दल र उम्मेदवारको उमेर हो ? ६० बर्ष नाघेकाले केही गर्नै नसक्ने हुन् ? उनीहरूले राजनीति मार्फत देशको सेवा गर्छु भन्न नपाउने हो ? के राजनीतिक दलहरूले धेरै पुरानो भएपछि भोट माग्न नहुने हो ? पार्टि र नेता अजेण्डाले युवा हुने हुन् या उमेरले ? मानिसको प्राकृतिक आयु हुन्छ तर राजनीतिक पार्टीको नि ? प्रश्नका खात छन् । यसलाई थोरै प्रष्ट बनाउन नेपालको राजनीतिमा प्रभाव राख्ने केही देशका दल बारे छोटो चर्चा गर्ने प्रयास गरिएको छ । विश्वमा कति बर्ष पुराना दलहरू क्रियाशिल छन् ? कति पुराना भएपछि राजनीतिक पार्टी बुढा हुने हुन् ? धेरैको मनमा जिज्ञासा हुनसक्छ । नेताको उमेर सम्बन्धि चाहिँ अर्को लेखमा चर्चा हुनेछ ।

बेलायतमा राजनीतिक दल
संसदीय व्यवस्थाको जननी मानिने बेलायतमा सन् १२१५ मा संसद स्थापना गरिएको मानिन्छ । हेनरी तृतीयको पालामा राजालाई सल्लाह दिन निकायका रुपमा चर्चका प्रमुखहरु लगायतको महापरिषदलाई नै शुरुमा संसदको नाम दिइएको थियो । एकल सदनका रुपमा स्थापना भएको संसदलाई पछि दुई सदन बनाइयो । संसद स्थापना भएको ४६३ बर्ष पछाडि सन् १६७८ मा राजनीतिक दल अस्तित्वमा आए टोरी र ह्विग । आजभन्दा ३४४ बर्ष अगाडि स्थापना भएका टोरी र ह्विगलाई विश्वको पुरानो राजनीतिक दल मानिन्छ ।

आठ सय बर्ष भन्दा पुरानो संसदीय व्यवस्था भएको बेलायतमा दल स्थापनाको समयमा जस्तै हाल दुई दलीय व्यवस्था कायम छ । बेलायतमा हाल सकृय पार्टीमध्ये कन्जरभेटिभ पार्टी सबैभन्दा पुरानो राजनीतिक दल हो । सन् १८३४ मा स्थापना भएको कन्जरभेटिभ पार्टी १८८ बर्ष पुगेको छ । अहिले बेलायतको सत्ता सञ्चालन गरिरहेको कन्जरभेटिभ दल एक्काइसौं शताब्द्धीको पछिल्लो १२ बर्ष लगातार सत्तामा छ । बाह्र बर्षमा पाँचौं प्रधानमन्त्रीका रुपमा ऋृषि सुनक कार्यरत छन् ।

कन्जरभेटिभ पार्टी अस्तित्वमा आउनु भन्दा १५६ बर्ष अघि स्थापना भएका टोरी र ह्विग अहिलेका आधुनिक पार्टी संगठित राजनीतिक दल नभएर विचार समूह जस्ता थिए । टोरीको आधुनिक संस्करणका रुपमा कन्जरभेटिभलाई लिइन्छ । यस हिसाबले कन्जरभेटिभ पार्टी ३४४ बर्षदेखि बेलायती राजनीतिमा कुनै न कुनै रुपले कृयाशिल छ । त्यस्तै ह्विग दल सन् १८५९ आएर लिबरल पार्टीमा मर्ज भयो । उन्नाइसौं शताब्द्धीको उत्तरार्ध र बीसौं शताब्द्धीको पूर्वाधमा ब्रिटिस सरकारमा रजगज जमाएको लिवरल पार्टी सन् १९२२ पछाडि सत्तामा फर्कन सकेन । एकसय त्रिसट्ठी १६३ बर्षेको इतिहास भएको लिवरल पार्टि अहिले इतिहासको गर्तमा विलिन छ ।

फेबुअरी २७, १९०० मा स्थापना भएको १२२ बर्षे लेबर पार्टी अहिले प्रमुख विपक्षी दलका रुपमा क्रियाशिल छ । लेबर पार्टिले बीसौं शताब्द्धीमा ७ पटक सत्ताको नेतृत्व गर्दा ५ जनाले प्रधानमन्त्रीको कार्यभार सम्हाले । त्यस्तै एक्काइसौं शताब्द्धीको शुरुवाती १० बर्ष सत्ताको नेतृत्व गरेको लेबरबाट दुईजना प्रधानमन्त्री भए । त्यसमा सन् १९९७ बाट सत्ताको नेतृत्व गरेका टोनी ब्लेयर दोहोरिएका थिए ।

आधुनिक राजनीतिक पार्टीहरु स्थापना भएपछि बेलायतको सत्ता धेरै पटक सम्हाल्न पाउनेमा कन्जरभेटिभ देखिन्छ । बीसौं शताब्द्धीभर १४ पटक सत्ताको नेतृत्व गर्दा ११ जना कन्जरभेटिभ नेताले प्रधानमन्त्रीको जिम्मेवारी सम्हाले । त्यस्तै लिवरल दलबाट बीसौं शताब्द्धीमा ४ जना प्रधानमन्त्री भए । हुन त बेलायतमा प्रमुख दुई दल कन्जरभेटिभ र लेबर बाहेकका अरु पार्टी नभएका होइनन् । तर तिनीहरु जनमत प्राप्त गरेर अगाडि आउन सकेका छैनन् । लिवरल दलको आत्मा मिसिएको पार्टीका रुपमा ३४ बर्ष अगाडि सन् १९८८ मा स्थापना भएको लिवरल डेमोक्रेटिक पार्टी अहिले दुःखले तेस्रो दलमा कायम छ । अन्य पार्टिहरुको अवस्था नगन्य मानिन्छ । संयुक्त अधिराज्य बेलायतको सत्ता बागडोर १८८ बर्षको कन्जरभेटिभ पार्टी र १२२ बर्षको लेबर पार्टीकै वरिपरि एकसय बर्षदेखि घुमिरहेको छ ।

अमेरिकामा राजनीतिक दल
जुलाई ४, १७७६ मा अमेरिका स्वतन्त्र हुँदा राजनीतिक दल अस्तित्वमा थिएनन् । प्रान्तहरुबाट चुनिएका प्रतिनिधिहरुबाट गठित कन्फेडेरेसन कंग्रेसले नै विधायिका र कार्यकारीको काम गर्दथ्यो । जुन २१, १७८८ मा पारित भएर मार्च ४, १७८९ बाट संविधान कार्यान्वयनमा आएपछि राजनीतिक दलहरु अस्तित्वमा आए । सबैभन्दा पहिले सन् १७८९ मा द फेडेरलिस्ट पार्टी गठन भयो । त्यसपछि द डेमोक्रेटिक रिपब्लिकन पार्टि सन् १७९४ र १८२८ मा द डेमोक्रेटिक पार्टी अफ द युनाइटेड स्टेट, नेशनल रिपब्लिकन पार्टी र एण्टी–मेसोनिक पार्टी तथा १८३४ मा द ह्विग पार्टी अफ युनाइटेट स्टेट गठन भए । मार्च २०, १८५४ मा आएर विभिन्न पाँच साना पार्टि मिलेर द रिपब्लिकन पार्टी स्थापना भएको थियो ।

अमेरिकाको जेठो पार्टी द फेडेरलिस्ट सन् १८०० को चुनावमा पराजयपछि उठ्न सकेन र कालान्तरमा विघटन भयो । द डेमोक्रेटिक रिपब्लिकन पार्टीले सन् १८०१ देखि १८२५ सम्म शासन गर्यो । अन्तमा आन्तरिक विवाद र विभाजनको शिकार भयो । द डेमोक्रेटिक रिपब्लिकन पार्टीका एन्ड्र्यु ज्याक्सन पक्षधरहरुले जनवरी ८, १८२८ मा द डेमोक्रेटिक पार्टी अफ द युनाइटेड स्टेट गठन गरे । जुन अहिले विश्वकै सबैभन्दा जेठो जीवित दलको रुपमा कृयाशिल छ । नेशनल रिपब्लिकन, एण्टी–मेसोनिक र द ह्विग पार्टी आन्तरिक विभाजन र विवादले कुनै विघटन भए । ह्विग रिपब्लिकनमा विलिय भयो ।

संविधानले पार्टीहरुका सम्बन्धमा प्रष्ट नबोले पनि अमेरिकामा दुई दलीय प्रणाली कायम छ । सन् १८५२ देखि डेमोक्रेटिक पार्टी र रिपब्लिकन पार्टीमध्ये एकले पालैपालो राष्ट्रपति निर्वाचन जित्दै आएका छन् । त्यस्तै संसदमा पनि सन् १८५६ पछाडि दुई दलकै आलोपालो बर्चस्व कायम हुँदै आएको छ । अमेरिकाको संविधान कार्यान्वयन भएको २३३ बर्षमा जर्ज वाशिङ्टन र जोन एडम्स् बाहेक यि दुई दलले नै शासन गर्दै आएका छन् भन्न सकिन्छ । अहिले १९४ बर्षको डेमोक्रेटिक पार्टी शासनमा र १६८ बर्षको रिपब्लिकन प्रतिपक्षमा छन् । दुई पार्टीको झण्डै दुईसय बर्षे शासनको विकल्प खोज्ने प्रयास पनि भइरहेका छन् । अमेरिकी समाज डेमोक्रेट र रिपब्लिकनमा अति ध्रुवीकृत भएकाले त्यसबाट बचाउन र निर्वाचन प्रणालीमा सुधार गर्ने भन्दै एन्ड्र्यू याङ र क्रिश्चियन टड ह्विटम्यानले अक्टोबर ५, २०२१ मा फरवाडी पार्टी गठन गरेका छन् । चाँडै अमेरिकी राजनीतिको केन्द्रमा फरवार्ड पुर्याउने भनेका छन् । तर अब पनि यो अवस्था फेरिएला भन्न गाह्रो छ ।

भारतमा राजनीतिक दल
वर्तमान भारतको जन्म हुनु ६२ बर्षअघि सन् १८८५ मा भारतीय राष्ट्रिय कांग्रेसको स्थापना भएको थियो । त्यस्तै २२ बर्ष अगाडि सन् १९२५ मा भारतीय कम्युनिष्ट पार्टी गठन भएको थियो । नोभेम्बर २६, १९४९ मा संविधान जारी भएपछि ९अक्टोबर २५, १९५१ देखि फेबुअरी २१, १९५२० विभिन्न चरणमा भएको प्रथम आम निर्वाचनमा ५४ दलले भाग लिएका थिए । त्यसमध्ये राम्रो मत पाउने चार पार्टीमा दोस्रो भएको समाजवादी पार्टि र जनमतमा तेस्रो किसान मजदुर प्रजा पार्टी अहिले अस्तित्वमा छैनन् । चौथो बनेको कम्युनिष्ट पार्टीको अस्तित्व त छ तर साह्रै बुरा हालतमा छ । प्रथम आम निर्वाचनमा ४५ प्रतिशत लोकपृय मतसहित झण्डै ७३ प्रतिशत सिट जितेको कांग्रेसको हाल पनि उत्साहजनक छैन ।

सत्रौं लोकसभा निर्वाचन (अप्रिल ११ देखि मे १९, २०१९) मा खसेको मतको १९ दशमलब ४६ प्रतिशत मत पाएको भारतीय राष्ट्रिय कंग्रेस ५२ सिट (९.५४ प्रतिशत) लिएर दोस्रो स्थानमा खुम्चिएर बसेको छ । झण्डै विभिन्न असी दलले भाग लिएको निर्वाचनबाट कुनै नयाँ राष्ट्रिय दल बनेको वा अगाडि आएको देखिन्न । अप्रिल १६, १९८० मा स्थापना भएको भारतीय जनता पार्टी (भाजपा) सन् २०१४ देखि लगातार दुई निर्वाचन जितेर सत्ताको चलाइरहेको छ । लोकपृय मत ३७ दशमलब ३० प्रतिशत पाएको भाजपा ३०३ सिट अर्थात संसद संख्याको ५५ दशमलब ५९ प्रतिशत होल्ड गरेर सत्तामा छ ।

भारतले स्वतन्त्रता प्राप्त गरेको ७५ बर्षमा ५४ बर्ष १४९ दिन कांग्रेसले सत्ता चलाएको देखिन्छ । लामो समय कांग्रेसको विकल्पमा प्रतिष्पर्धी राष्ट्रिय पार्टी निर्माण हुन सकेनन् । साना क्षेत्रीय दलहरु जनता पार्टी, जनता पार्टी (सेकुलर), जनता दल (नेशनल फ्रण्ट), समाजवादी जनता पार्टी (राष्ट्रिय) र जनता दल (युनाइटेड फ्रण्ट)ले आक्कल झुक्कलमा अवसर पाएका छन् । तर ति दलहरुले राष्ट्रिय हैसियत पाउन सकेको देखिन्न । क्षेत्रीय दलहरुले आजसम्म ५ बर्ष ३४७ दिन केन्द्रीय सत्ता सम्हालेको देखिन्छ ।

स्थापनाको १६ बर्षमा १६ दिनका लागि पहिलो पटक सत्तामा पगेको भाजपाले अर्को पटक सत्तामा पुग्न ६५६ दिन पर्खनु पर्यो । मार्च १३, १९९८ देखि अटल बिहारी बाजपेयी नेतृत्वमा ६ बर्ष ६४ दिन सत्ता चलाएको भाजपालाई फेरि सत्तामा पुग्न १० बर्ष ४ दिन कुर्नु पर्यो । मे २६, २०१४ बाट शुरु भएको नरेन्द्र मोदी नेतृत्वको भाजपा सरकार अहिले आठौं बर्ष पुरा गरेर नवौंमा चलिरहेको छ । स्थापनाको ४२ बर्षमा भारतीय जनता पार्टिले आजका मितिसम्म १४ बर्ष ८ महिना शासन गरिसकेको छ । अठारौं लोकसभा निर्वाचनबाट पनि १३७ बर्षे कांग्रेस र ४२ बर्षे भाजपामध्ये कुनै एकको हातबाट सत्ता बाहिर जाने सम्भावना छैन ।

नेपालमा राजनीतिक दल
बेलायतमा राजनीतिक दल स्थापना भएको २५८ बर्ष पछाडि जुन २, १९३६ मा नेपाल प्रजा परिषद नामको राजनीतिक दल स्थापना भएको थियो । धर्मभक्त माथेमा र टङ्कप्रसाद आचार्यहरुले स्थापना गरेको प्रजा परिषद, सबैभन्दा पुरानो आधुनिक राजनीतिक पार्टी द डेमोक्रेटिक पार्टी अफ द युनाइटेड स्टेट भन्दा १०८ बर्ष कान्छो थियो । सन् १९४१ को हिउँदामा शुक्रराज शास्त्री, दशरथ चन्द, धर्मभक्त माथेमा र गंगालाल श्रेष्ठलाई प्रजा परिषद मार्फत राणा शाही विरुद्ध कार्य गरेको अभियोगमा मृत्यु दण्ड र टङ्कप्रसाद आचार्य, गणेशमान सिंह लगायतलाई पक्राउ गरिएपछि प्रजा परिषद करिब विघटनको अवस्थामा पुग्न गयो ।

प्रजा परिषद गठन भएको दशबर्ष पछाडि जनवरी २५, १९४६ मा नेपाल राष्ट्रिय कांग्रेस नामको पार्टी नेपाललाई लक्षित गरेर तात्कालिन ब्रिटिस–इण्डियामा नेपालीहरुद्धारा स्थापना भएको थियो । नेपाल राष्ट्रिय कांग्रेस गठन भएको करिब २ बर्षपछि अगष्ट ४, १९४८ मा नेपाल प्रजातान्त्रिक कांग्रेस नामको अर्को राजनीतिक दल भारतमै गठन भएको थियो । त्यसको अर्को साल सेप्टेम्बर १५, १९४९ मा नेपाल कम्युनिष्ट पार्टी नामको राजनीतिक दल भारतमै स्थापना भएको थियो । श्री ३ राणाहरुको प्रधानमन्त्रीय पारिवारिक शासनको उत्तरार्ध चलिरहेको समय नेपालमा वाक तथा राजनीतिक स्वतन्त्रता आपेक्षा बाहिरको कुरा थियो । विश्वभरि खुला राजनीतिक व्यवस्था र एकदलीय कम्युनिष्ट क्रान्तिको ह्वीम चलेको समय राजनीतिमा चासो राख्ने शिक्षित युवा पुस्ता त्यसबाट अछुतो थिएनन् । कतिलाई नेपालको राणा शासन हटाएर राजा सहितको प्रजातन्त्र स्थापना गर्नु थियो भने कतिलाई साम्यवादी क्रान्ति सम्पन्न गर्नु थियो । विभिन्न कारणले प्रवासमा रहेका नेपालीहरुले स्थापना गरेका दलहरुको कार्यक्षेत्र नेपाल थियो । तिनीहरुले विस्तारै राणा विरुद्ध जनताका कान सञ्चार गर्न थाले ।

नेपाल राष्ट्रिय कांग्रेस र नेपाल प्रजातान्त्रिक कांग्रेस एकीकरण भएर अप्रिल ९, १९५० मा नेपाली कांग्रेस पार्टी कलकत्तमा स्थापना भयो । त्यसपछि नेपाली कांग्रेसले भारतीय सहयोगमा राणा शासन हटाउन सशस्त्र संघर्ष शुरु गर्यो । सशस्त्र संघर्ष चर्किँदै जाँदा भारत सरकार, राणा पक्ष र कांग्रेसको दिल्लीमा छलफल पश्चात दिल्ली सम्झौताद्धारा नेपालमा १०४ बर्षे राणा शासन २००७ फागुन ७ गते अन्त्य गरियो । राण शासनको अन्त्यपछि नेपालको सरकारमा कांग्रेस र भारतले प्रवेश पाए । आम निर्वाचनबाट नयाँ सरकार गठन हुनुअघि संक्रमणकालिन समयमा नेपाली कांग्रेसले १ बर्ष २८४ दिन, राणाले २७० दिन, त्रिभूवन र महेन्द्र राजाले १ बर्ष २२८ दिन, राष्ट्रिय प्रजा पार्टीले १ बर्ष ३०६ दिन, नेपाल प्रजा परिषदले १ बर्ष १८१ दिन र संयुक्त प्रजातान्त्रिक पार्टीले २९३ दिन सरकारको नेतृत्व गरेका थिए । कांग्रेस नेता मातृकाप्रसाद कोइराला दोश्रो पटक प्रधानमन्त्री राष्ट्रिय प्रजा पार्टीबाट बनेका थिए ।

फेबुअरी १८, देखि अप्रिल ३, १९५९ (वि.सं. २०१५ फागुन ७ देखि २०१५ चैत्र २१) मा सम्पन्न प्रथम आम निर्वाचनबाट नेपाली कांग्रेसले दुईतिहाइ बहुमत पाएको थियो । जम्मा १०९ सिटमध्ये ७४ स्थान जितेको नेपाली कांग्रेसका नेता विशेश्वरप्रसाद कोइराला २०१६ जेठ १६ गते प्रथम जननिर्वाचित प्रधानमन्त्री बनेका थिए । उनले १ बर्ष २०३ दिन सरकारको नेतृत्व गरे । वि.सं. २०१७ पुष १ गते राजा महेन्द्रबाट कोइरालालाई प्रधानमन्त्रीबाट हटाइ राजनीतिक बन्दी बनाइएको थियो । त्यसपछि २९ बर्ष निर्दलीय व्यवस्था कायम रह्यो । प्रथम महानिर्वाचनमा नौवटा पार्टीले भाग लिएका थिए । जसमा नेपाली कांग्रेस पहिलो, नेपाल राष्ट्रवादी गोर्खा परिषद दोश्रो, संयुक्त प्रजातन्त्र पार्टी तेस्रो र नेपाल कम्युनिष्ट पार्टी चौथो भएका थिए । त्यसैगरी प्रजा परिषदका दुई घटकमध्ये आचार्यले २ र मिश्रले १ सिट ल्याएका थिए । ति नौ दलमध्ये कांग्रेस र कम्युनिष्ट बाहेकका अरु दल इतिहासको पानामा सिमित भइसकेका छन् ।

पञ्चयात अन्त्य पछाडि
बहुदलीय व्यवस्थाको पुनःस्थापना पश्चात २०४८ बैशाख २९ गते सम्पन्न आम–निर्वाचनमा १८ वटा दलले भाग लिएका थिए । त्यसमध्ये आठ वटा दल मात्रै स्थान हासिँल गर्न सफल भए । वि.सं. २०५१ कार्तिक २९ गते भएको मध्यावधि निर्वाचनमा झण्डै दुई दर्जन दल सहभागि थिए तर त्यसमा पाँच वटा दल मात्रै सिट हासिल गर्न सफल भए । राष्ट्रिय प्रजातन्त्र पार्टीले उल्लेख्य सुधार गरे पनि अरु साना दलहरुले राम्रो गर्न सकेनन् । प्रमुख दलका रुपमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेपाली कांग्रेस नै स्थापित भए । अझ २०५६ बैशाख २० र जेष्ठ ३ मा सम्पन्न आम निर्वाचनमा सहभागी दलको संख्या स्वाट्टै घट्न गयो । सहभागी नौ दलमध्ये सात दलले स्थान ल्याउन सफल भए तर साना दलहरुको अवस्था सुधार भएन । अधिल्लो निर्वाचनहरुमा जस्तै कांग्रेस र एमाले नै ठूला दल भए ।

ऐतिहासिक संविधानसभा निर्वाचन, २०६४ मा ७४ वटा पार्टीहरु निर्वाचनमा सहभागी भएका थिए । सिट संख्या बढाएर ६०१ पुर्याइनु, समानुपातिक निर्वाचन प्रणाली समेत अवलम्वन गर्नुले यो निर्वाचनमा अघिल्ला निर्वाचनहरुमा भन्दा धेरै दलले संसदमा पुग्न पाए । प्रथम संविधानसभामा पच्चीस दलको प्रतिनिधित्व थियो । अझ रोचक कुरा त भरखरै सशस्त्र विद्रोहबाट शान्तिपूर्ण राजनीतिमा प्रवेश गरेको नेपाल कम्युनिष्ट पार्टी (माओवादी) २२९ सिट सहित पहिलो दल हुन पुग्यो । नेपाली कांग्रेस र नेकपा (एमाले) ११५ र १०८ सिटसहित दोश्रो तथा तेश्रो हुन पुगे । त्यस्तै ५४ सिप प्राप्त गरेको मधेसी जनअधिकार फोरम र २१ सिट पाएको तराई मधेश लोकतान्त्रिक पार्टी जस्ता नयाँ क्षेत्रीय दल चौथो र पाँचौं हुन आइपुगे । यो निर्वाचनको नतिजा एक राजनीतिक उथलपुथल नै थियो ।

२०७० मंसिर ४ गते सम्पन्न दोश्रो संविधानसभा निर्वाचनमा १२० बढी दलहरु सहभागी थिए । तर ३० वटा दल मात्रै सिट जित्न सफल भए त्यसमा पनि आठ वटा दलले मात्रै दोहोरो अङ्कमा सिट ल्याए । रोचक कुरा त अघिल्लो निर्वाचनको दोश्रो पार्टि नेपाली कांग्रेस पहिलो, तेस्रो स्थानमा रहेको नेकपा (एमाले) दोस्रो र पहिलो स्थानमा रहेको एकीकृत नेकपा (माओवादी) तेस्रो हुन गयो । चौथो, पाँचौं र छैटौंमा क्रमश राप्रपा नेपाल, फोरम लोकतान्त्रिक र राप्रपा हुन पुगे । अघिल्लो चुनावमा चौथो स्थानमा रहेको मधेसी जनअधिकार फोरम, नेपाल सातौं हुन पुग्यो । नयाँ संविधान जारी भएपछिको प्रथम आम–निर्वाचन, २०७४ मा पुरानै दलहरु नेकपा (एमाले), नेपाली कांग्रेस र माओवादी क्रमशः पहिलो, दोश्रो र तेश्रो भए । चौथो र पाँचौं मधेसवादी दलहरु रहे । क्षेत्रीय र साना दलको प्रगति यसमा पनि देखिएन । गठबन्धन गरेर ठूला दलहरु चुनाव लडेकाले वास्तविक ट्रेण्ड पत्ता लगाउन कठिन पनि रह्यो । त्यस्तै आश्चर्यजनक ढङ्गले राष्ट्रिय प्रजातन्त्र पार्टीले उक्त निर्वाचन भोट पाएन ।

नेपालमा क्रियाशिल राजनीतिक दल
नेपालमा क्रियाशिल रहेका प्रमुख पार्टीहरुमा नेपाल कम्युनिष्ट पार्टी (एमाले), नेपाली कांग्रेस (नेका), नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र जनता समाजवादी पार्टी (राजपा)हरु नै हुन् । त्यस बाहेक लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), राष्ट्रिय जनमुक्ति पार्टी, जनमोर्चा लगायतका पुराना तथा नयाँ दलहरु पनि त्रियाशिल छन् । निर्वाचनमा प्राप्त जनमतको ट्रेण्ड हेर्दा मतदाताको विश्वास पुराना साना दल र नयाँ दलप्रति बढेको देखिँदैन । अप्रिल ९, १९५० मा दुई कांग्रेस पार्टी मर्ज भएर बनेको ७२ बर्षको दल नेपाली कांग्रेसको स्थिर मत निरञ्तर कायम देखिन्छ । डिसेम्बर २६, १९७८ मा संगठित ४४ बर्षको नेपाल कम्युनिष्ट पार्टी (एमाले)को मत थोरै बृद्धिसहित निरञ्तर स्थिर नै देखिन्छ । २०४८ बैशाख २९ गते सम्पन्न आम–निर्वाचन यता कांग्रेस र एमालेको मत प्रतिशतमा धेरै तलमाथि भएको देखिन्न ।

सन् १९९४ मा गठित २८ बर्षको दल माओवादी केन्द्रको मत भने पछिल्लो तीन निर्वाचनमा घट्दै गएको देखिन्छ । संविधानसभा निर्वाचन, २०६४ मा पहिलो बनेको यो पार्टि दोश्रो संविधानसभा निर्वाचन, २०७० तेश्रो हुन पुग्यो । हाल कांग्रेसको सहयोगीका रुपमा क्रियाशिल माओवादी केन्द्रले गठबन्धनको घटक भएर चुनाव लड्दै आएकाले वास्तविक कति मत घटेको भन्ने एकीन छैन । तथापि निरञ्तर जनमत घटेकोमा सबै सहमत भेटिन्छन् । परम्परागत संवद्र्धनवादी राजनीतिक मुद्दा बोक्ने राप्रपाको मत उल्लेख्य मात्रामा अस्थिर देखिन्छ ।

कहिले अवस्था केही सुधार भएको त, कहिले सर्लक्कै घटेको देखिन्छ । मधेसवादी दलको पहिचान बनाएका जसपा, लोसपा, सद्भावना जस्ता पार्टिको मत २०६४ को तुलनामा २०७० पछि निरञ्तर घट्दो छ । ति दलका नेता स्वयम् आफ्नो राजनीतिक भविश्य देखिरहेका छैनन् र दल अदलबदल छ । नेपाल मजदुर किसान पार्टी (नेमकिपा), राष्ट्रिय जनमुक्ति पार्टी (जनमुक्ति), राष्ट्रिय जनमोर्चा (राजमो), नेपाल कम्युनिष्ट पार्टी (माले) जस्ता पुराना साना पार्टीहरुको प्रत्येक निर्वाचनमा अस्तित्व बचाउनै धौधौ देखिन्छन् । वैबल्पिक राजनीतिक पार्टी निर्माण गर्ने भन्दै गठन भएका दलहरु गत निर्वाचनमा खराब पराजय भोगपछि तितरबितर छन् ।

निश्कर्ष
अमेरिकाले राष्ट्रपतीय प्रणाली अपनाएको २३३ बर्ष भयो । विगत १७० बर्षदेखि डेमोक्रेट र रिपब्लिकनको आलोपालो शासन चल्दै आएको छ । डेमोक्रेट नेता फ्र्याङ्कलिन पियर्स ९मार्च ४, १८५३–मार्च ४, १८५७० राष्ट्रपति निर्वाचित भएयता यो निरञ्तर जारी छ । यो अवधिमा ३३ जना राष्ट्रपति भइसके । राजतन्त्रसहित संसदीय प्रजातन्त्र अपनाएको बेलायतमा राजनीतिक पार्टीले सत्ताको नेतृत्व गरेको ३४४ बर्ष भइसक्यो । सन् १६७८ मा टोरी र ह्विग दल स्थापना भए । शुरुदेखि दुई दलीय प्रणाली अपनाएको बेलायतमा अपवाद बाहेक तिनै टोरी र ह्विग पार्टीका नेताले १८० बर्ष सरकारको नेतृत्व गरे । सन् १८३४ मा टोरी कन्जरभेटिभ पार्टीमा रुपान्तरण भयो भने ह्विगहरु १८५९ मा लिवरल पार्टीमा मर्ज भए । फ्रेबुअरी २०, १८५८ मा कन्जरभेटिभ नेता इडवार्ड स्मिथ स्टेन्ली प्रधानमन्त्री नियुक्ति भएदेखि अक्टोबर १९, १९२२ मा लिवरल पार्टीका नेता डेविड लियोड जर्जले प्रधानमन्त्रीबाट अवकास नपाएसम्म ६४ बर्ष दुई दलको आलोपालो चल्यो । कन्जरभेटिभ नेता बोनार ल अक्टोबर २३, १९२२ मा बेलायतको प्रधानमन्त्री नियुक्त भएदेखि १०० बर्षको बीचमा लेबर पार्टी र कन्जरभेटिभ पार्टीले आलोपालो सरकारको नेतृत्व गरिआएका छन् । अहिले कन्जरभेटिभ पार्टीका नेता ऋृषि सुनक प्रधानमन्त्री छन् ।

संसदीय प्रणाली अपनाएको भारतमा लामो समय भारतीय राष्ट्रिय कांग्रेसको प्रतिष्पर्धी पार्टी खडा हुनै सकेन । स्वतन्त्राको ७५ बर्षमा कांग्रेसले ५४ बर्ष १४९ दिन शासन गरेको छ । छोटो समय विभिन्न साना दलहरु जस्तै जनता पार्टि, जनता पार्टी (सेकुलर), जनता दल ९नेशनल फ्रण्ट०, समाजवादी जनता पार्टी (राष्ट्रिय) र जनता दल (युनाइटेड फ्रण्ट)ले सत्ता नेतृत्वको अवसर पाए र करिब ६ बर्ष केन्द्रीय सत्ता सम्हाले तर राष्ट्रिय प्रतिष्पर्धी हुन सकेनन् । स्थापनाको १६ बर्ष पछाडि भारतीय जनता पार्टी मे १६, १९९६ मा सत्ताको नेतृत्वमा पुगेको थियो । चारपटक सत्ता नेतृत्वमा पुगेको भाजपाले पार्टी गठनको ४२ बर्षमा करिब १५ बर्ष शासन गरिसकेको छ । अहिले भाजपा नेता नरेन्द्र दामोदर मोदी प्रधानमन्त्रीको दोश्रो कार्यकाल सम्हालि रहेका छन् । देशकै पुरानो पार्टी कांग्रेस करिब नौ बर्षदेखि सत्ता बाहिर छ । भाजपा सशक्त राष्ट्रिय पार्टीका रुपमा स्थापित भएको छ । आउने अठारौं लोकसभा निर्वाचनबाट पनि कांग्रेस र भाजपामध्ये कुनै एकको हातबाट सत्ता बाहिर जाने सम्भावना छैन । भारतको केन्द्रीय राजनीति भाजपा भर्सेस कांग्रेस भएको छ ।

भारत जस्तै नेपालले संसदीय प्रणाली अपनाएको छ । वि.सं. २०१५ साल फागुन–चैत्रमा सम्पन्न प्रथम आम–निर्वाचनमा बाहेक नेपालका प्रमुख प्रतिस्पर्धी पार्टि नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी नै रहँदै आएका छन् । उनान्तीस बर्षको पञ्चयाती व्यवस्थामा त्रिभूवन विश्वविद्यायलयले गराउने स्वतन्त्र विद्यार्थी युनियन चुनावमा समेत कांग्रेस र कम्युनिष्टकै प्रतिस्पर्धा हुने गर्दथ्यो । वि.सं. २०४६ चैत्र २६ गते बहुदलीय व्यवस्थाको पुनःस्थापना पश्चात भएका चारवटा आम निर्वाचन, दुईवटा संविधानसभा र तीनवटा स्थानीय चुनावमा कांग्रेस–कम्युनिष्ट नै मुख्य प्रतिस्पर्धी देखिएका छन् । संविधानसभा निर्वाचन, २०६४ बाहेक सबै निर्वाचनमा नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले) अन्य दलभन्दा ठूलो मतान्तर सहित पहिलो र दोश्रो हुँदै आएका छन् ।

दोश्रो संविधानसभा निर्वाचनदेखि नेकपा (माओवादी–केन्द्र) र मधेसवादी क्षेत्रीय दलको जनमत निरञ्तर घटेको देखिन्छ । अन्य दलसँगको गठबन्धन र मिश्रित निर्वाचन प्रणालीका कारण उनीहरु राष्ट्रिय दल कायम छन् । वैकल्पिक शक्ति निर्माण गर्ने भनेर स्थापना भएका पार्टिहरु जनमत नपाउँदा विघटनको संघारमा देखिन्छन् । सम्वद्र्धनवादी शक्तिहरुले कतिको उभार ल्याउने छन् भन्ने भविश्यकै गर्भमा छ । पार्टिहरु गठबन्धन नगरी एकल एकल निर्वाचनमा गए कांग्रेस र एमाले सधैं प्रमुख दलका रुपमा रहने दुई दलीय प्रणाली तिर नेपालको राजनीति जाने देखिन्छ । दलहरु उमेरले नभइ अजेण्डाले युहा हुन्छन् ।

सम्बन्धित समाचार