बजेट भाषण: संखुवासभामा कहाँ कत्ति बजेट विनियाेजन गरियाे ?



खाँदबारी । आगामी आर्थिक बर्ष २०८०।८१ काे लागि साेमबार अर्थमन्त्री प्रकाशशरण महतले संसदमा बजेट प्रस्तुत गर्नुभयाे । बजेट प्रस्तुतीसँगै कुन जिल्लामा कुन परियाेजनाकाे लागि कत्ति बजेट विनियाेजन गरियाे भन्ने आम मानिसहरुकाे चासाे रहन्छ ।

अर्थम्नत्री महतले प्रस्तुत गर्नुभएकाे बजेट बक्तब्य अनुसार सङ्खुवासभामा आगामी आर्थिक बर्षकाे लागि भाैतिक पुर्वाधार तर्फ उत्तर दक्षिण काेशी राजमार्ग निर्माण तथा स्तर उन्नतीकाे लागि ८० कराेड रुपैयाँ विनियाेजन गरिएकाे छ ।

सङ्खुवासभा, भाेजपुर लगायतका जिल्लावासीहरुकाे सहजता मिल्ने लेगुवा चतरा सडक निर्माणकाे लागि पनि बजेट विनियाेजन गरिएकाे छ । तर बजेट रकम भने बक्तब्यमा उल्लेख गरिएकाे छैन ।

सिंचाई तर्फ सहलगानीमा चैनपुर खानेपानी आयाेजनाकाे लागि बजेट विनियाेजन गरिएकाे छ । संखुवासभाकाे चैनपुर, चितवनकाे जुटपानी, बागलुङकाे बागलुङ बजार, माेरङकाे टङ्किसिनवरी र झापाकाे मेचीनगर लगायतका आयाेजनाहरुकाे लागि १ अर्ब २६ कराेड रुपैयाँ विनियाेजन गरिएकाे बजेट बक्तब्यमा उल्लेख छ ।

यसरी बजेट बक्तब्यमा ताेकिएकाे बाहेक विभिन्न कार्यालय मातहतबाट सञ्चालन हुने कार्यक्रम तथा याेजना मार्फत जिल्लामा बजेट प्राप्त हुने जानकारहरु बताउँछन् ।

सम्बन्धित समाचार