खाँदबारी । एक पालिका एक उत्कृष्ट महिला स्वास्थ्य स्वयम सेविका सम्मानित कार्यक्रममा आज स्वास्थ्य कार्यालय संखुवासभाले जिल्लाका १० पलिकामा रहेका ३२७ स्वयम सेविकाहरु बाट १० जना स्वयम सेविकाहरुहरुलाई स्वास्थ्य कार्यालय संखुवासभाको सभाहलामा एक समारोह बिच सम्मान गरेको छ ।
स्वास्थ्य क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै उनीहरुलाई सम्मान गरिएको स्वास्थ्य कार्यालय संखुवासभाका प्रमुख नारद मुनि सुवेदिले बताउनुभयो । विभिन्न खोप अभियान तथा मातृशिशु स्वास्थ्यको हेरचाहरमा सक्रिय भई काम गर्ने उत्कृष्ठ १० जनालाई सम्मान गरिरको उहाँले जानकारी दिनुभयो ।
सम्मानित हुनेहरुमा खाँदबारी नगरपालिकाबाट कमला विक, भोटखोला गाउँपालिकाबाट लामु भुटिक शेर्पा, सभापोखरी गाँउपालिकाबाट कुन्ती तामाङ, सिलिचोङ गाँउपालिकाबाट फुल माया राई, मकालु गाँउपालिकाबाट सबिता राई, चिचिला गाँउपलिकाबाट उमा राई, चैनपुर नगरपालिकाबाट पुष्पा कोरङ्गी गुरुङ, धर्मदेवी नगरपालिकाबाट मेनुका गुरुङ लिम्बु, पाचखपन नगरपालिकाबाट भिम कुमारी राई, मादी नगरपालिकाबाट दुर्गदेवी खत्री सम्मानित हुनुभएको स्वास्थ्य कार्यालय संखुवासभाका फोकल पर्शन भवानी देवि वस्यालले बताउनु भयो ।
सम्मान कार्यक्रममा प्रमुख अतिथि जिल्ला संमन्वय समिती प्रमुख सुमन शाक्य, कार्यक्रमको अध्यक्ष तथा स्वास्थ्य कार्यालयका प्रमुख नारद मुनि सुवेदि, स्वास्थ्य निर्देशनालय कोशि प्रदेशका फोकल पर्शन तुलशा अधिकारीले जनही नगद १२ हजार, प्रमाण पत्र र दोसल्ला ओडाई सम्मान गर्नुभयो ।
सो अवसरमा कार्यक्रमको प्रमुख अतिथि सुमन शाक्यले सम्मानित स्वयम सेविकाहरुलाई बधाईको साथै यस कार्यक्रमले स्वयम सेविकाहरुमा हौसला प्रदान गरेको र आगामी दिनमा पनि स्वास्थ क्षेत्रमा यसरी नै समुदाय स्तरमामा योगदन दिनुहुनेछ भन्दै सम्मान गर्न पाउदा खुशीको अनुभुति भएको बताउनुभयो ।
सो कार्यक्रममा स्वागत मन्त्यव्य कोण्डचेन असिस्टेन्ट सन्तोश श्रेस्ठले राख्नु भएको थियो भने कार्यक्रम स्वास्थ्य कार्यालयका फोकल पर्शन भवानी देवि वस्यालले संचालन गर्नुभएको थियो ।
प्रतिक्रिया