सिलिचोङ मल्टिमिडिया

सिलिचोङ मल्टिमिडिया प्रा.ली. नेपाल सरकार उद्योग मन्त्रालय, कम्पनी राजिष्टिारको कार्यालय काठ्माण्डौमा दर्ता भएको कम्पनी हो । आम सञ्चार र मल्टिमिडियामा काम गर्ने उद्देश्यको साथ स्थापना गरिएको यस कम्पनी भ्याटमा समेत दर्ता भई आर्थिक कारोवार गर्दै आएको छ ।

यस कम्पनीले हाल डिजिटल पत्रिकाको रुपमा ईमकालु अनलाईन डट कम सञ्चालन गरिरहेको छ भने छापा पत्रिकाको रुपमा सिलिचोङ साप्ताहिक पनि प्रकाशनमा ल्याएको छ । त्यस्तै कम्पनीको प्रबन्ध पत्रमा उल्लेख गरिए बमोजिम सिलिचोङ मल्टिमिडिया नामको युटुव च्यानल सञ्चालन गरिरहेको छ । यस कम्पनीले विभिन्न विषयका रेडियो कार्यक्रमहरु पनि उत्पादन गर्दै विभिन्न रेडियोहरुबाट पनि प्रसारण गर्दै आएको छ । त्यस्तै, भिडियो चित्र, चलचित्र, म्युजिक भिडियोहरुको पनि निर्माण गर्ने गर्दछ ।

विज्ञापन एजेन्सीको रुपमा समेत काम गर्दै आएको यस कम्पनीको राजिष्टर्ड कार्यालय संखुवासभाको सिलिचोङ गाउँपालिका ३ ताम्कुमा रहेको छ ।

Comments are closed.