च्याम्पियन्स लिगमा म्यान्चेस्टर सिटी र एथ्लेटिको मड्रिड बिजयी



११ फागुन, काठमाडौं । दुई पटकसम्म खेलमा पछि परेको स्थितिलाई उल्टाउँदै इंग्लिस टोली म्यान्चेस्टर सिटीले युरोपियन च्याम्पियन्स लिगको अन्तिम १६ को पहिलो लेगमा फ्रान्सेली टोली मोनाकोलाई पाँच तीन गोलले हराएको छ ।
घरेलु मैदानमा निकालेको महत्वपूर्ण जितपछि सिटीको क्वाटरफाइनल प्रवेशको संभावना पनि बलियो छ ।

२६औं मिनेटमै रहिम स्टिर्लिङको गोलबाट अग्रता बनाएको सिटीले पहिलो हाफमा दुई गोल खायो । रामेडेल फाल्काओ र मबाप्पे लोट्टीनले मोनाकोका लागि गोल गरेका थिए ।

५० औं मिनेटमा फाल्काओलाइ सिटीका खेलाडीले डि बकस एरियामा फायर गरेपछि मोनाकोले पेनाल्टिको अवसर पायो । तर फाल्काओको पेनाल्टिका सिटीका गोलकिपर विली कावायरोले बचाउ गरेपछि मोनाकोले तेस्रो गोल गर्ने मौका गुमायो ।

५८औं मिनेटमा सर्जियो एग्युरोले खेल बराबरीमा ल्याए । तर फाल्काओले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीलाई अग्रता दिलाउँदा सिटी केहि दबाबमा परेको थियो ।

७१औं मिनेटमा एग्युरोले व्यक्तिगत दोस्रो गोल गर्दा सिटीले पुनः अग्रता लियो । त्यसयता ७७औं मिनेटमा जोन स्टोन्स र ८२औं मिनेटमा लोरी सेनले गोल गर्दै पहिलो लेगमा सिटीलाई दुई गोलको अग्रता दिलाए ।

च्याम्पियन्स लिगको नकआउट चरणमा यति धेरै गोल भएको यो पहिलो पटक हो ।

अर्को खेलमा स्पेनिस क्लब एथ्लेटिको मड्रिडले जर्मन क्लब बार्यन लिभरकुसेनलाइ उसकै मैदानमा चार दुइ गोलले पराजित गर्‍यो । एथ्लेटिकोको जीतमा सउल निगे, एन्टोइन ग्रिजमान, केभिन ग्यामेहु र फर्नान्डो टोरेसले गोल गरेका थिए ।

लिभरकुसेनका लागि करिम बेलाराभी गोल गर्दा अर्को गोल आत्मघाती भएको थियो । एथ्लेटिकोको स्टेफान साभिचले आफ्नै पोस्टमा गोल गरेका थिए ।

सम्बन्धित समाचार