नेपालले इमर्जिङ कप क्रिकेट खेल्न नपाउने



१० फागुन, काठमाडौं । नेपालले आगामी मार्चमा हुने एसीसी इमर्जिङ कप क्रिकेट खेल्न नपाउने भएको छ ।

एसियाली क्रिकेट काउन्सिल ९एसीसी०ले इमर्जिङ कपलाई ब्यूँताउँदै मार्च १५ देखि प्रतियोगिता गर्ने बताएको थियो । जसमा चार टेष्ट नेशनको एक वा यू(२३ टिम र अन्य चार देश सहभागी हुने तय भएको थियो ।

एसीसीले १० दिन पर सार्दै यूएईको सट्टा ढाकामा खेल गर्ने निर्णय गर्‍यो । साथै हङकङ र युएईले अन्य कार्यक्रममा व्यस्त रहेको भन्दै नाम फिर्ता लियो ।

लगतै मंगलबार एसीसीको बोर्ड बैठकले एकदिवसीय मान्यता प्राप्त टिमलाई मात्र खेलाउने निर्णय गरेको छ । यसको मारमा नेपाल परेको छ ।

एसीसीको नयाँ निर्णयसँगै नेपालको इमर्जिङ कप खेल्न नपाउने भएको छ । अब प्रतियोगितामा भारत, श्रीलंका, पाकिस्तान र बंगलादेशका ए वा यू(२३ टिम र अफगानिस्तानको राष्ट्रिय टोलीबीच मात्र प्रतिस्पर्धा हुनेछ ।

विश्व क्रिकेट लिग च्याम्पियनसिप खेलिरहेको नेपालका लागि यो प्रतियोगिता टेष्ट खेल्ने एसियाली देशहरुसँग खेल्ने अवसरका रुपमा हेरिएको थियो । साथै हङकङ र यूएई विश्व क्रिकेट लिगको पनि आगामी प्रतिद्वन्द्वी भएकाले यो खेल पनि नेपाली टोलीका लागि महत्वपूर्ण हुने थियो ।

तर, एसीसीको नयाँ निर्णयले नेपालले यो अबसर गुमाएको छ । नेपाली टोलीका प्रशिक्षक जगत टमाटाले नेपालले इमर्जिङ कप नखेल्ने भएको पुष्टि गरे ।

सम्बन्धित समाचार