बुढासुब्बा गोल्डकप स् संकटा फाइनलमा, रुपन्देही पराजित, अनिलले गरे २ गोल



सुनसरी, फागुन ११ । रुपन्देही ११ लाई २-१ गोल अन्तरले हराउँदै संकटा क्लब धरानमा भइरहेको १९ औँ बुढासुब्बा गोल्डकपको फाइनलमा पुगेको छ ।
एन्फा टेक्निकल सेन्टरको मैदान धरानमा बुधबार भएको खेलमा संकटालाई जिताउन दुवै गोल अनिल गुरुङले गरे । रुपन्देहीका लागि दीपक राईले एक गोल गरे ।
दोस्रो सेमिफाइनलमा बिहीबार आयोजक धरान रातो र नेपाल पुलिस क्लबबिच खेल हुने छ ।

सम्बन्धित समाचार