१२ खेलपछि हार्‍यो साउथ अफ्रिका, न्युजिल्याण्डको जितमा टेलर र बोल्ट हिरो



फागुन ११ – साउथ अफ्रिकाको लगातार १२ एकदिवसीय क्रिकेटको अपराजित यात्रा न्युजिल्याण्डले ब्रेक लगाइदिएको छ । दोस्रो एकदिवसीय क्रिकेटमा न्युजिल्याण्डले ६ रनको रोमाञ्चक जित निकाल्दै साउथ अफ्रिकालाई रोकेको हो ।

टस हारेपछि ब्याटिङको निम्तो पाएको न्युजिल्याण्डले निर्धारीत ५० ओभरमा ४ विकेट जाँदा २ सय ८९ रन बनाएको थियो ।

न्युजिल्याण्डका लागि डेन ब्राउन्लीले ४४ बलमा ३४ रन, केन विलियम्सनले ७५ बलमा ६९ रन, रस टेलरले १ सय १० बलमा अभिजित १ सय २ रन, जेम्स निशामले ५७ बलमा ७१ रन बनाएका थिए । साउथ अफ्रिकाका डायन पिटोरियसले दुई, जायन पार्नेल र इमरान ताहिरले एक एक विकेट लिए ।

२ सय ९० रनको लक्ष्य पछ्याएको साउथ अफ्रिकाका लागि वान्टन डि कोकले ६५ बलमा ५७ रन, जेपी डुमिनिले ४४ बलमा ३४ रन एबिडि भिलियर्सले ४९ बलमा ४५ रन, डेभिड मिलरले ३९ बलमा २८ रन, डायन पिटोरियसले २७ बलमा ५० रन बनाए एन्डिल फेलुकायोले ३४ बलमा २९ रन बनाए ।

जितको नजिक पुगिसकेको साउथ अफ्रिकालाई रोक्न ट्रेन्ट बोल्टले राम्रो बलिङ गरे । उनले ६३ रन खर्चेर तीन विकेट लिए । लयमा देखिएका पिटोरियसलाई उनले आउट गरेपछि न्युजिल्याण्डको जित सुनिश्चित भएको हो । यस्तै मिचेल सान्टनरले दुई साथै टिम साउथी, कोलिन डे ग्रान्डहोम र इश सोधीले एक एक विकेट लिए ।

१ सय १० बलमा अभिजित १ सय २ रन बनाएका रस टेलर प्लेयर अफ दि म्याच भए । पहिलो एकदिवसीय साउथ अफ्रिकाले ४ विकेटले जितेको थियो । तेस्रो एकदिवसीय आगामी शनिबार हुनेछ ।

सम्बन्धित समाचार