लेभरकुसेनको पोष्टमा मड्रिडको चार गोल



फागनु ११ – च्याम्पियन्स लिग अन्तर्गत गएराति भएको नक आउट चरणको पहिलो खेलमा एथ्लेटिको मड्रिडले बायर लेभरकुसेनलाई ४–२ ले हराएको छ । एथ्लेटिको मड्रिडका साउल निगुजले १७ औं मिनेटमा गोल गर्दै टिमलाई सुरुवाती अग्रता दिलाए । त्यसको ८ औं मिनेटपछि एन्टोनी ग्रिजम्यानले गोल गर्दै मड्रिडको अग्रता दोब्बर बनाए ।

पहिलोहाफसम्म २–० को स्थितीमा रहेको लेभरकुसेन दोस्रो हाफमा निकै आक्रामक देखियो । दोस्रो हाफको सुरु भएको तीन मिनेटमै लेभरकुसेनका करिम बेलराबीले गोल गर्दै गोल अन्तरको दूरी घटाए ।

एथ्लेटीको मड्रिडका गमिरोले पेनाल्टीमार्फत गोल गर्दै खेल ३–१ को स्थितीमा पुर्‍याए । त्यसको केही मिनेटपछि नै स्टेफन साविकले लेभरकुसेनका लागि दोस्रो गोल गरे । मड्रिडका लागि अन्तिम तथा चौथो गोल फर्नान्डो टोरेसले ८६ औं मिनेटमा गरेका थिए ।

सम्बन्धित समाचार