म्यानचेस्टर सिटीद्वारा मोनाकोको पोष्टमा गोलको वर्षा



फागुन ११ – च्याम्पियन्स लिगमा गएराति भएको खेलमा म्यानचेस्टर सिटीले मोनाकोलाई ५–३ ले हराएको छ । एतिहाद रङ्गशालामा भएको खेलमा म्यानचेष्टर सिटी निकै हावि भएको थियो ।खेलको २६ औं मिनेटमा रहिम स्टेर्लिङको गोलमार्फत सिटीले अग्रता लिएको थियो ।

त्यसको चार मिनेटपछि नै मोनाकोका राडामेल फाल्कोले गोल गर्दै खेल बराबरीमा ल्याए । मोनाकोका मबपिले ४० औं मिनेटमा गोल गर्दै पहिलो हाफसम्म खेल २–१ को स्थितीमा ल्याए । पहिलो हाफमा अग्रता बनाएको मोनाको दोस्रो हाफमा निरिह बन्यो ।

दोस्रो हाफमा म्यानचेष्टर सिटीले मानाकोको गोल पोष्टमा चार गोल थप्यो । सिटीका लागि अग्युरोले २ स्टोन्स र सेनले १–१ गोल गरे । त्यस्तै मोनकोले दोस्रो हाफमा एक गोल मात्र गर्न सक्यो । जसको लागि फाल्कोले आफ्नो दोस्रो तथा मोनाकोका लागि तेस्रो गोल गरेका थिए ।

सम्बन्धित समाचार