सङ्खुवासभामा हुने राष्ट्रिय रनिङ शिल्ड प्रतियोगिताको तयारी पुरा




सङ्खुवासभा । भोलिदेखि हुने राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताको तयारी पुरा भएको आयोजकले जनाएको छ । क्षेत्रिय प्रतियोगिता अन्तर्गत क्षेत्र नं. १ को लागि खाँदबारी रंगशाला र क्षेत्र नं. २ को लागि चैनपुर स्थित सङ्खुवासभा बह्मुखी क्याम्पसको खेल मैदानमा सम्पुर्ण तयारी पुरा भएको जिल्ला खेलकुद विकास समिति, सङ्खुवासभाले जनाएको हो ।

यस पटक छात्र र छात्रा दुवै तर्फ ट्र्याक एण्ड फिल्ड, भलिबल, कर्पर्दी र मार्सल आर्ट गरि चार वटा विधामा खेल खेलाईने प्रतियोगिताका संयोजक ईश्वर घिमिरेले जानकारी दिनुभयो । क्षेत्रिय स्तरको खेल भोलीदेखि १४ गते सम्म चल्ने र जिल्ला स्तरिय फाईनल खेल फागुन १६ देखि १८ गते सम्म सञ्चालन हुने संयोजक घिमिरेले जानकारी दिनुभयो ।

टिम दर्ताको अन्तिम समय भोली बिहान ८ बजेसम्म राखिएकोले सहभागी विद्यालयको संख्या यकिन भई नसकेको उहाँले गुराँस समाचारलाई जानकरी दिनुभयो ।

सम्बन्धित समाचार