हङकङविरुद्ध नेपालको शानदार जित



काठमाडौं– एसिसी इमर्जिङ कपको अन्तिम खेलमा नेपालले चिरप्रतिद्वन्द्वी हङकङलाई ७ विकेटले पराजित गरेको छ। नेपालका तीन ब्याट्सम्यान ज्ञानेन्द्र मल्ल, दीपेन्द्र सिंह र शरद भेषावकरले अर्धशकत पूरा गर्दा नेपालले हङकङलाई ७ विकेटले पराजित गरेको हो।

कप्तान ज्ञानेन्द्र मल्लले ७० रन बनाए। दिपेन्द्र ऐरी ६१ र शरद भेषवाकर ५४ रनमा अविजित रहे । ४४.२ ओभरमा ३ विकेट गुमाएर नेपालले २२० रन बनायो । यसअघि टस जितेर नेपालले हङकङलाई ब्याटिङको निम्तो दिएको थियो। हङकङले ५० ओभरमा अलआउट हुँदै २१४ रन बनाउन बनाएको थियो । २१५ रनको लक्ष्य नेपालले ५ ओभर बाँकी छदै पूरा गरेको हो ।

कप्तान ज्ञानेन्द्र मल्लले ७० रन बनाए । दिपेन्द्र ऐरी ६० र शरद भेषवाकर ५४ रनमा अविजित रहे । पहिलो इनिङमा हङकङविरुद्ध नेपाली बलरले दवाब पार्न सकेनन् । कप्तान ज्ञानेन्द्र मल्ल, भुवन कार्की, सुमन भारी, अविनाश कर्णले दुई(दुई विकेट लिए । सन्दीप लामिछानेको पोल्टामा एक विकेट पर्‍यो ।

खेलको सुरुमा हङकङविरुद्ध नेपाली बलरले दवाब पार्न सकेनन्। कप्तान ज्ञानेन्द्र मल्ल, भुवन कार्की, सुमन भारी, अविनाश कर्णले दुई-दुई विकेट लिए । सन्दीप लामिछानेको पोल्टामा एक विकेट पर्‍यो ।

२१ ओभरमा पहिलो विकेट पतन हुँदा हङकङ ९५ रनको स्थितिमा थियो । कप्तान ज्ञानेन्द्र मल्लले हङकङका कप्तान अंशुमान राथलाई आउट गरेका थिए । त्यस लगत्तै उनले २३ औं ओभरमा ओपनर क्यामरन एमकुलसनलाई आउट गर्दै उनले हङकङविरुद्ध दवाब बढाएका थिए ।

नेपालका लागि सन्दीप लामिछानेले २४ औं ओभरमा तेस्रो विकेट लिए । निजाकात खान ६ रनको स्थितिमा सन्दीपद्वारा आउट भए । त्यसपछि चौथो विकेटका लागि नेपालले १० ‌ओभर पर्खिनु पर्‍यो । ९ रन बनाएका बबर हायतलाई ३४ औं ओभरमा भुवन कार्कीले आउट गरे । १० ओभर बलिङ गरेका उनले १ मेडन राख्दै २ विकेट लिएर ५३ रन दिए ।

नेपाल एसिसी इमर्जिङ कपबाट बाहिरिई सकेको छ । नेपालले प्रतियोगिताको पहिलो खेलमा पाकिस्तानलाई ६ विकेटको नतिजा सुम्पिएको थियो । दोस्रो खेलमा बंगलादेशसँग ८३ रनले पराजित भएको थियो ।

एसियाका टेस्ट राष्ट्रका यु–२३ टोलीसहित चार एसोसिएट राष्ट्र सम्मिलित प्रतियोगिताको दुई समूहका शीर्ष दुई टोलीले सेमिफाइनल खेल्नेछन् । सुरुका दुई हारले सेमिफाइनलको ढोका बन्द भइसकेकाले हङकङसँगको अन्तिम खेल नेपालका लागि प्रतिष्ठाका लागि मात्रै हो ।

सम्बन्धित समाचार