डिपिएलको प्रवर्धनात्मक खेलमा नेपाल-११ बिजयी



काठमाडौं । इण्डियन प्रिमियर लिग क्रिकेट (आईपीएल) मा सनराइजर्स हैदराबादले गुजरात लायन्समाथि ९  विकेटको शानदार जित हात पारेको छ ।

आइतबार गुजरातले प्रस्तुत गरेको १३६ रनको लक्ष्य हैदराबादले २७ बल बाँकी छँदा मात्र एक विकेट गुमाएर भेट्टायो । उसका कप्तान डेभिड वार्नरले छक्का हान्दै खेल सकाए । उनी ७६ रनमा अविजित रहे । मोइज हेनरिक्सले नटआउट ५२ रन बनाए । शिखर धवन ९ रनमा आउट भएका थिए ।

यसअघि पहिले ब्याटिङ गरेको गुजरातले २० ओभरमा ७ विकेट गुमाएर मात्र १३५ रन बनाएको थियो । उसलाई सस्तैमा समेट्ने क्रममा आईपीएलमा दोस्रो खेल खेलिरहेका अफगानिस्तानका रसिद खान एक्लैले ३ विकेट लिए ।

पहिलो विकेटका रुपमा उनले ब्रेन्डन म्याकलमलाई मात्र ५ रनमा आउट गरे । सुरेश रैनालाई पनि ५ रनमा नै पभेलियन बाटो देखाएका उनले एरोन फिन्चलाई ३ रनमा आउट गरे ।

तीनै ब्याट्सम्यानलाई एलबीडब्लू धरापमा पारेका उनी म्यान अफ दि म्याच घोषित भए ।

गुजरातका लागि डवेन स्मिथले ३७ रन बनाए । जेसन रोयले ३१ र दिनेश कार्तिकले ३० रनको योगदान दिए ।

सम्बन्धित समाचार