इलाम बिर्साउने चियाबारी उत्तरी मोरङमै



बलिया (मोरङ),२९ चैत । मोरङ जिल्ला सिंहदेवीको पर्यटकीय क्षेत्र जेफालेको फेदी बिहिवारे बजारदेखी तल झरेपछि एउटा चियाबारीको दृश्यले पर्यटकहरुलाई इलामको झल्को दिलाउछ। जिल्लाक अत्यन्तै दुर्गम गाउँ सिंहदेवीका नारायणप्रसाद राइले २०५५ सालदेखि सुरु गरेको चिया खेती अहिले आएर व्यावसायिक रुपमा संचालन गर्दै त्यस क्षेत्रकै आकर्षणको रुपमा स्थापित हुन पुगेको छ ।

सिंहदेवीमा विकासको गतिविधि केही नभएको अवस्थामा राईले ५० रोपनी जग्गामा चिया खेतीको सुरुवात गर्दै अहिले दुई सय पचास रोपनीमा बिस्तार गरिसकेका छन् । ‘त्यतिबेला न कसैको व्यावसायिक खेती गर्ने सोचाइ थियो,न कसैले सुरुवात नै गरेका थिए उनले भने ।’ मोरङमा पनि चिया खेती हुन्छ र भन्ने धेरैको आशङ्कालाई तोड्दै ११ वर्ष ओमनमा वैदेशिक रोजगार गरेर फर्किपछि कमाएको पैसाले चियाखेती गरेको उनले बताए।

उनकी पत्नी बिना खजुम भन्छिन(‘शुरुका दिनमा चिया खेती गर्दा धेरैले हासेर उडाए ,धेरैले सुख छोडेर दुस्ख खोज्न आएका भने तर हामी निरन्तरको मिहिनेतले अहिले सफल भएका छौ।’ उनले मातृभुमी टि स्टेट नामक कम्पनी नै दर्ता गरेर वार्षिक ३ हजार केजी सम्म ग्रीन टी उत्पादन गरिरहेका छ्न।पछिल्लो समय सिंहदेवीमा विद्युत विस्तार भए संगै प्रशोधन मेसिन राखेर प्रशोधित गर्न थालेपछि ग्रीन टीको माग दिनानुदिन बढिरहेको उनले बताए।

चियाबगानमा हाल तीस देखि पैतीस जनालाई रोजगारी समेत पाएका छ्न भने जेफाले पर्यटन क्षेत्रको समेत आकर्षण बढाएको छ। जेफाले भ्युटावर,होमस्टेमा आउने पर्यटक चियाबगान न निस्की कहिल्लै फर्कदैनन। २०७१ मा चिया उद्योगमा लागेका उनलाई सरकारले राष्ट्रपति सम्मानबाट पुरस्कृत भइसकेका छन्। अन्य थुप्रै सङ्घ सस्थाहरुले उदाहरणीय व्यक्तित्वकारुपमा सम्मान गरिरहेका छन।

चियाखेतीकै सिलसिलामा भर्खरै चिनको भर्मण गरेर नेपाल फर्किए खुसी हुदै उनले भने । राई दम्पतिको उदाहरणीय काम देखेर स्थानीय डगलसिङ राई,बुद्दमान राई र नगेन्द्रकुमार खाण ठकुरीले पनि आफ्नो पाखोबारीमा चियाखेती गर्न थालेका छन । व्यावसायिक खेतीको सुरुवात मात्रै नभएर यसले सिङ्गो मोरङ र जेफाले पर्यटन क्षेत्रकै आकर्षण गरेको होम स्टेका सचिव भीम ठकुरीले बताए ।

सम्बन्धित समाचार