भारत श्रीलंकासँग पराजित भएपछि समूह बी रोचक मोडमा



लण्डन, जेठ २६ – च्याम्पियन्स ट्रफी अन्तरगतको समूह चरणको खेलमा श्रीलंकाले भारतविरुद्ध जित निकालेपछि समूह बी अन्तरगतको अन्तिम खेल रोचक हुने भएको छ ।

बिहिबार राती सम्पन्न खेलमा श्रीलंकाले भारतलाई ७ विकेटले पराजित गरेको हो । योसँगै अन्तिम खेलमा समूहका सबै टोली अर्को चरणमा पुग्ने सम्भावना कायम रहेका छ ।

शिखर धवनको शतकपछि जीतका लागि ३२२ रनको लक्ष्य पाएको श्रीलंकाका लागि कुशल मेन्डिस ९८ ( रन) तथा धनुस्का गुनाथिलाका (७६ रनं) बनाउँदै १५९ रनको साझेदारी गर्दै जीतको आधार तय गरे ।

त्यस्तै कुशल परेराले ४४ बलमा ४७ रन बनाउँदै श्रीलंकालाई अग्रस्थानमा पुर्याए पनि घाइते हुँदै मैदान छाड्न पुगे ।

त्यसपछि एन्जेलो म्याथ्युज (५२ नटआउट) तथा असेला गुनारत्ने (३४ नटआउट) ले आठ बल बाँकी छँदै टोलीलाई जीत दिलाए ।

समूहका सबै टोलीले शुरुवाती दुई खेलपछि १ खेलमा जीत तथा एक खेलमा हार बेहोरेको छ । यसरी समूह बीका सबै टोली सेमिफाइनलमा पुग्ने आशा जिवित रहेको छ ।

अब आइतबार भारतले ओभल मैदानमा दक्षिण अफ्रिकाको सामना गर्नेछ भने श्रीलंकाले पाकिस्तानको सामना त्यसको भोलिपल्ट गर्नेछ ।

सम्बन्धित समाचार