नेपालले यमनविरुद्ध राम्रो खेल्यो तर, जित्न सकेन



३० जेठ, काठमाडौं । एएफसी एसियन कप छनोटअन्तर्गत आफ्नो दोस्रो खेलमा नेपालले यमनसँग गोलरहित बराबरी खेल्दै अङ्क बाँडेको छ ।

हल्चोकस्थित सशस्त्र प्रहरी बल ९एपिएफ०को मैदानमा भएको खेलमा नेपालले सुधारिएको प्रदर्शन गरेको थियो । तर, यमनमाथि जित भने निकाल्न सकेन ।

यस खेलसँगै नेपालले एक अङ्क जोडेको छ । नेपालले खेलको विभिन्न समयमा पाएको अवसरलाई सदुपयोग गर्न नसक्दा यसमनसँग अङ्क बाड्न बाध्य बन्यो ।

नेपाली टोलीका मुख्य प्रशिक्षक ग्यातुकी कोजीले प्रतियोगितामा जित हासिल गर्न नसकेपनि नेपाली टोलीले उत्कृष्ट खेल प्रर्दशन गरेको टिप्पणी गरे ।

यसअघि गत चैत महिनामा फिलिपिन्सिमा भएको समूह चरणको पहिलो खेलमा नेपाल फिलिपिन्ससँग ४–१ गोलअन्तरले पराजित भएको थियो ।

सम्बन्धित समाचार