१० असार, काठमाडौं । अब क्रिकेटरले मैदानमा गम्भीर गल्ती गरेमा एम्पायरले रातो कार्ड देखाउँदै मैदान बाहिर पठाउन सक्ने भएका छन् ।
यो परिर्वतन मध्ये एक हो, क्रिकेटरलाई रातो कार्ड । यो नियम अनुसार अब क्रिकटरले खेलका क्रममा मैदानमा खराब आचरण देखाए वा कुनै हिंसा गरेको अम्पायरले भेटेमा खेलाडीलाई मैदान बाहिर पठाउन सक्नेछ ।अन्तराष्ट्रिय क्रिकेट काउन्सिल आईसीसीको मुख्य कार्यकारी कमिटीले अनिल कुम्बले कमिटीको सिफारिस अनुसार क्रिकेट निययमा दुई ठूलो परिर्वतन ल्याउने निर्णय गरेको छ । यो अक्टोबर १ बाट लागू हुनेछ ।
तीन गल्तीमा खेलाडीले रातो कार्ड पाउन सक्छन् । अम्पायरलाई धम्क्याएमा, अरु खेलाडी, अम्पायर, अफिसियल वा दर्शकमाथि आक्रमण गरेमा वा मैदानमा हिंसाजन्य अन्य कुनै काम गरेमा रातो कार्ड दिइनेछ ।
प्रतिक्रिया