ताम्कु एकता बचत तथा ऋण सहकारीको साधारणसभा सम्पन्न




ताम्कु, कातिक २५ गते । सङ्खुवासभाको शिलिचोङ गाउँपालिकामा स्थापित ताम्कु एकता बचत तथा ऋण सहकारी संस्थाले छैटौ साधारणसभा सनिबार सम्पन्न गरेको छ । सहकारी संचालनक समितिको अध्यक्ष बालकिशोर कुलुङको अध्यक्षतामा सम्पन्न भएको साधारणसभामा शिलिचोङ गाउँपालिकाका अध्यक्ष रामबहादुर कुलुङ प्रमुख अतिथी रहनुभएको थियो ।

सहकारीका कार्यकारी सचिव दिलिप कुलुङले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुहुँदै ६० लाख रुपैयाँ पुँजी रहेको जानकारी दिनुभयो । पाँच सय ३९ जना सेयर सदस्य रहेको सो सहकारी हाल नाफामा रहेको समेत सचिव कुलुङले जानकारी दिनुभयो । कार्यक्रममा बोल्नुहुँदै सहकारी सञ्चालक समितिका अध्यक्ष बालकिशोर कुलुङले यहि आर्थिक बर्ष भित्र ताम्कु भरि प्रत्येक घर परिवारलाई सेयर सदस्य बनाउने योजना रहेको बताउनुभयो । ताम्कु भरिका सम्पुर्ण घरपरिवार मध्ये २५ प्रतिशत परिवारले सदस्यता लिन बाँकी रहेको समेत अध्यक्ष कुलुङले बताउनुभयो ।

सम्बन्धित समाचार