चेवाबेशीमा सम्पन्न यु १७ फुटबलको उपाधी मानेभञ्ज्याङलाई



सङ्खुावासभा, मंसिर ७ गते । खाँदबारी २ चेवामा नव प्रतिभा बाल क्लवले आयोजना गरेका अण्डर सेभेन्टीन फुटबल प्रतियोगिताको उपाधी मानेभञ्ज्याङ युवा परिचालन समुहले हात पारेको छ । आज भएको फाईनल खेलमा चेवाबेशी ए लाई २–० गोल अन्तरले हराउदै  मानेभञ्ज्याङले उपाधी जितेको हो ।

चेवाबेशीले मानेभञ्ज्याङसँगको हारसँगै दोश्रो स्थानमा चित्त बझाएको छ । प्रतियोगितामा मकालु क्लव नर्कटेले तेश्रो स्थान हात पारेको छ । कोपीला बाल क्लव ढुङगाना गाउँलाई ५–१ ले हराउँदै तेश्रो स्थान हात पारेको हो । हार पछि कोपीला बाल क्लब सान्त्वना स्थानमा सिमित बनेको छ ।

प्रतियोगिताको विजेताहरुले मेडल प्रमाणपत्र सहित क्रमस नगद २०, १२, ७ र ४ हजार प्राप्त गरेका छन् । प्रतियोगितामा मानेभञ्ज्याङका मन्दिप राई उत्कृष्ठ खेलाडी घोषित भएको छ । त्यस्तै, चेवाबेशीका राजिब राई उत्कृष्ठ गोल रक्षक र चेवाबेशीकै सजित राई सर्वाधिक गोलकर्ता घोसित भएका छन् ।

सम्बन्धित समाचार