३ करोडको जुत्ता बिक्री



मोरङ, माघ ५–विराटनगरमा जारी जुत्ता मेलामा ३ करोडको कारोवार भएको छ ।

एक महिनासम्म चलेको जुत्ता मेला भोलिसम्म चल्ने आयोजकले जनाएको छ । विभिन्न ४ कम्पनीको उत्पादन बिक्रीका लागि राखिएको मेलामा सस्तोदेखि महंगा जुत्तासमेत बिक्रीका लागि राखिएको थियो । नेपाली जुत्ता घरको आयोजना तथा हाइलाइफ चप्पलको सह–आयोजनामा मेलामा ३ करोडको कारोवार भएको मेला आयोजक नेपाली जुत्ता घरका अध्यक्ष होमनाथ उपाध्यायले जानकारी दिनुभयो ।

हाइलाइफ, बिएफ डियरहिल सुज, शिखर सुज, क्रसरोड सुज लगायतका ब्राण्डका जुत्ता चप्पलहरु मेलामा राखिएका थिए । मेलामा धेरै प्रकृतिका जुत्ता चप्पलहरु बिक्री वितरणको लागि राखिएकोले सस्तो देखि महँगासम्म जुत्ता राखिएको थियो । काठमाडौंपछि पहिलो पटक विराटनगरमा पहिलो पटक मेलाको आयोजना गरिएको हो । क्रसरोड सुजका प्रबन्धक संचालक कृष्ण फुयाँलले सोचेको भन्दा राम्रो व्यापार भएको जानकारी दिनुभयो ।

पुस ५ गते देखि सुरु भएको जुत्ता मेला शनीबार सकिने छ । मेलामा ३० हजार बढी जुत्ता चप्पल बिक्री भएको आयोजकको दावी छ ।

सम्बन्धित समाचार