नेताहरुले दिएको बचन नविर्सेका भोटखोलाबासीहरु




सिंगो प्रदेश नं एकको संबृद्धिको बलियो आधार संखुवासभाको भोटखोला स्थीत किमाथांकाबासीहरु ताजा जनादेश सहितको नयाँ सरकारप्रति यतिवेला आसावादी बनेका छन् । परापुर्वकालदेखि राज्यको नजरबाट उपेक्षित भोटे, शेर्पा, तामाङ्ग जातिको बसोबास रहेको अतिदुर्गम हिमाली क्षेत्र भोटखोलाका बासिन्दाहरु भाषा संस्कार संस्कृति, रोजगारी र दैनीक जीवन गुजाराका लागि पुर्णरुपमा चिनको स्वसाशित क्षेत्र तिब्बतसंग परनिर्भर रहँदै आएका छन् ।

किमाथांका नेपालको तिब्ततसंग जोडिएको अन्तिम उत्तरी बिन्दू हो । जहाँका बासिन्दाहरु चिनको स्वसाशित क्षेत्र तिब्बतको रियु जिल्लामा पर्ने देन्डाङ्ग शहरसंग जोडिएर बसेका छन् । करिव ५ किलोमिटरको फरकमा पर्ने देन्डाङ्ग शहर र नेपाली भुभाग किमाथांकाबिच बिकासको सन्दर्भमा आकास जमिनको फरक छ । तिब्वतीयन जीवनशैली र नेपाली जीवनशैली करिव करिव उस्तै देखिएपनि उनीहरुलाई तिब्बत सरकारले उपलब्ध गराएको सेवा सुबिधा, सडक, बिद्युत, संचार, शिक्षा, स्वास्थ्यसेवा र बिकास निर्माणका कारणले यता नेपाली भुमि किमाथांकाका नेपाली जनताहरुलाई आफुहरु राज्य सरकारबाट अपहेलित भएको महशुस गराईरहेको छ ।

अव भने नयाँ सरकार गठनसंगै पुर्वको कर्णालीको उपमा पाएको उच्च हिमाली क्षेत्र भोटखोलाका बासिन्दाहरुले बिकास निर्माणको चाहनाहरु पुरा हुने आसामा छन् । भोटखोलाबासिहरुले तीन सय ६२ किलोमिटर लम्बाई रहेको चिन र भारत जोड्ने किमाथांका नाका खुल्ने सपना साँचेको दशकौं बितिसकेको छ । यो अवधी भित्र संबृद्ध मुलुक चिन र भारत जोड्ने संखुवासभा जिल्ला स्थीत सवैभन्दा छोटो नाका किमाथांका संचालनका लागि पटक पटकको सरकारले उनीहरु सामु प्रतिवद्धताहरु ब्यक्त गरिसकेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलिको अघिल्लो कार्यकालमा मुलुकका प्रभावशाली नेताहरुले ६ लेनको बाटो बनाउने सरकारी घोषणा गरेका थिए । राष्ट्रपति बिद्यादेवी भण्डारी, पुर्व प्रधानमन्त्री पुष्पकमल दाहाल, माधव कुमार नेपाल, उपप्रधानमन्त्री बिजय कुमार गच्छेदार, पुर्वपरराष्ट्रमन्त्री सुजाता कोईराला, पुर्वअर्थमन्त्री रामशरण महत लगायतका दर्जनौं नेताहरुले उक्त क्षेत्रको भ्रमण गरि पटक पटक सडक र किमाथांका नाका संचालन गर्ने प्रतिवद्धता जाहेर गरिसकेका छन्, जुन प्रतिवद्धताहरु भोटखोलावासीहरुले अझै बिर्सेका छैनन् ।

पुनः केपी शर्मा ओलीकै नेतृत्वमा नयाँ सरकार गठनसंगै यतिवेला फेरी भोटखोलाका बासिन्दाहरु नेताहरुले बाचा पुरा गर्नेमा आसाबादी देखिएका छन् । पुस्तौंदेखि भोग्दै आएको कष्टकर जीवनबाट सहज जीवनयापनका लागि यसपटकको सरकारले आफुहरुलाई न्याय दिने उनीहरुको बिश्वास छ । पटक पटक राष्ट्रका प्रमुख ब्यक्तित्वहरुको आश्वासन संगाल्दै आएका उनीहरुले अवको नयाँ सरकारबाट भने आफुहरुको सपना पुरा हुने आसा राखेका छन् ।

पुनः केपी शर्मा ओलीकै नेतृत्वमा नयाँ सरकार गठनसंगै यतिवेला फेरी भोटखोलाका बासिन्दाहरु नेताहरुले बाचा पुरा गर्नेमा आसाबादी देखिएका छन् । पुस्तौंदेखि भोग्दै आएको कष्टकर जीवनबाट सहज जीवनयापनका लागि यसपटकको सरकारले आफुहरुलाई न्याय दिने उनीहरुको बिश्वास छ । पटक पटक राष्ट्रका प्रमुख ब्यक्तित्वहरुको आश्वासन संगाल्दै आएका उनीहरुले अवको नयाँ सरकारबाट भने आफुहरुको सपना पुरा हुने आसा राखेका छन् । अहिले संखुवासभाबाट प्रदेश सभा, प्रतिनिधी सभा र राष्ट्रिय सभामा गरि ६ जना सांसदहरु निर्वाचित भएका छन् । भोटखोला २ रुकुमाका शिक्षक कमल लामाले आफ्नो गाउँसम्म सडकको चाहना राख्ने आफ्ना बुवाको पालामा सपना पुराहुन नसके पनि आफ्नो पालामा भने बिकास त्यहाँसम्म पुग्ने अपेक्षा गरेका छन् ।

सदरमुकाम खाँदबारीबाट हप्तादिनको पैदल दुरीमा पर्ने किमाथांकाको सैयौं पटक यात्रा गर्दा आफुलाई राज्य सरकार प्रति संधै ग्लानी हुने गरेको उनको भनाई छ । राष्ट्रका लागि करोडौंैंको आम्दानी भित्र्याईरहेको अलैंची, चिराईतो, यार्सागुम्वा, ठुलो ओखती, पाखम्बेद, पाँचऔंले लगायत दर्जन बढि बहुमुल्य जडिबुटि, लोपोन्मुख दुर्लभ प्रजातिका जीवजन्तु र लाखौं पर्यटक तान्नसक्ने मनोरम प्राकृतिक दृश्य तथा दर्जनौं हिमश्रृङ्खलाले भरिपुर्ण भोटखोला क्षेत्र राज्यबाट पुर्ण रुपमा उपेक्षित रहेको उनले बताए ।

प्रतिनिधी सभा र प्रदेश सभाका उम्मेदवारहरुले यो पटक घरदैलोसम्म आएर भोटखोला क्षेत्रको स्वास्थ्य क्षेत्रको सुधार, सडक, खानेपानी, बिजुली बत्तिलाई प्राथमिकता दिनेछौं भनेका छन् । यसपटक भने आफुहरु निक्कै आसाबादी रहेको भोटखोला ४ सिप्रुङ्गका बाङ्छेदर भोटेको भनाई छ । निर्माणधिन सडकखण्डलाई दु्रतगतिमा अघि बढाई कच्चि सडक ढलान गर्ने कार्यलाई सरकारले प्राथमिकतामा राख्ने हो भने भारतसंगको एकल परनिर्भरता हट्नुका साथै दुई संमृद्ध मुलुकहरु भारत र चिनसंगको ब्यापार प्रवर्धन मार्फत संमृद्धि भित्राउन थप सहज हुने संखुवासभा उद्योग बाणिज्य संघका अध्यक्ष युवराज शाक्य बताउँछन् ।

चिनमा उद्गमस्थल रहेको सप्तकोशी नदीको सवैभन्दा ठुलो सहायक अरुण हिमनदी यसै भोटखोला क्षेत्रहुँदै नेपाल प्रवेश गरेको छ । जहाँ नौ सय मेगावाट क्षमताको अरुण तेश्रो परियोजना निर्माणाधिन अवस्थामा छ । अझै हजारौं मेगावाट बिजुली उत्पादन गरि अरवौंको बैदेशिक मुद्रा समेत आर्जन गर्नसकिने प्रसस्त सम्भावना भोटखोला क्षेत्रले बोकेको छ । भोटखोलाले यस क्षेत्रको मात्र नभएर सिंगो मुलुकको आर्थिक संमृद्धिमा महत्वपुर्ण योगदान दिनसक्ने भोटखोला गाउँपालीकाका अध्यक्ष ठिलेन भोटे बताउँछन् । भोटखोला प्राकृतिक श्रोतसाधन र जडिबुटिको खानी हो । सरकारले त्यस क्षेत्रको प्राकृतिक श्रोत साधनको सहि परिचालन गर्ने हा ेभने प्रदेश एक १४ जिल्लाको मात्र नभएर देशकै अर्थतन्त्रमा महत्वपुर्ण टेवा पुग्ने काँग्रेस संखुवासभा सभापति दीपन कुमार श्रेष्ठ बताउँछन् ।

अहिले सिन्धुपाल्चोकबाट चिनको स्वसासित क्षेत्र तिब्बतको रियु शहर हुँदै नेपालको किमाथांकादेखि डोजर लगाएर बाटो खन्ने कार्य भैरहेको छ । सदरमुकाम खाँदबारीबाट एक सय ६२ किलोमिटर उत्तरमा रहेको किमाथांकाबाट करिब २० किलोमिटर सडक खनेर खाँदबारी तर्फ ल्याईंदैछ भने यता सदरमुकाम खाँदबारीबाट पनि ४ दिनको पैदल दुरीमा पर्ने हटियागोला सम्मको करिव ९० किलोमिटर कच्चि सडकमा गाडि गुड्न थालेको छ । अव हटिया र किमाथांका बिचकोे करिव ५० किलोमिटर मात्र सडक जोडिने हो भने चिनको सिमाना किमाथांका नाका र संखुवासभा सदरमुकाम खाँदबारी जोडिनेछ । खाँदबारीबाट दुई सय किलोमिटरको दुरीमा रहेको बिराटनगर रानी सडक अहिले ब्यवस्थीत रुपमा दैनिक संचालनमा रहेकाले अव किमाथांका र भारतको जोगवनी नाका संचालन हुने भोटखोलाका बासिन्दाहरुले आशा राखेका छन् । ूमुलुकका प्रमुख राजनितिक दलका प्रभावशाली नेताहरु हेलिकप्टर मार्फत आएर यहाँका स्थानीय समक्ष किमाथांका नाका संचालन र भोटखोला क्षेत्रको बिकासका लागि बचन दिएकाले यसपटक पुर्वको कर्णाली भनेर चिनिने भोटखोलाबासिहरु बढि आसाबादी देखिएको स्थानीय भोटखोला २ का दावा रिञ्जिन भोटे बताउँछन् ।

प्रतिनिधी सभा र प्रदेश सभाका उम्मेदवारहरुले यो पटक घरदैलोसम्म आएर भोटखोला क्षेत्रको स्वास्थ्य क्षेत्रको सुधार, सडक, खानेपानी, बिजुली बत्तिलाई प्राथमिकता दिनेछौं भनेका छन् । यसपटक भने आफुहरु निक्कै आसाबादी रहेको भोटखोला ४ सिप्रुङ्गका बाङ्छेदर भोटेको भनाई छ । निर्माणधिन सडकखण्डलाई दु्रतगतिमा अघि बढाई कच्चि सडक ढलान गर्ने कार्यलाई सरकारले प्राथमिकतामा राख्ने हो भने भारतसंगको एकल परनिर्भरता हट्नुका साथै दुई संमृद्ध मुलुकहरु भारत र चिनसंगको ब्यापार प्रवर्धन मार्फत संमृद्धि भित्राउन थप सहज हुने संखुवासभा उद्योग बाणिज्य संघका अध्यक्ष युवराज शाक्य बताउँछन् । त्यतिमात्र नभएर बर्षाैदेखि सुस्त गतिमा अघि बढिरहेको मुलुककै आर्थिक संमृद्धिमा महत्वपुर्ण योगदान पुर्याउन सक्ने राष्ट्रिय गौरवको आयोजना अरुण तेश्रो परियोजना दु्रत गतिमा निर्माणका लागि राज्यले जोड दिन आवश्यक छ ।

सम्बन्धित समाचार