राजेश पायल राई र केकी अधिकारीको साथमा सुनाखरी अवार्ड




सङ्खुवासभा, फागुन २० गते । सङ्खुवासभाको स्थानीय रेडियो सुनाखरी रेडियो लाईभले आयोजना गर्ने सुनाखरी अवार्डको दोश्रो संस्करण फागुन २२ गते सम्पन्न हुने भएको छ । अवार्डको दोश्रो संस्करण सुप्रसिद्ध गायक राजेश पायल राई र अभिनेत्री केकी अधिकरीको उपस्थितीमा सम्पन्न हुने भएको हो ।

अवार्डको दोश्रो संस्करणको लागि भोजपुर, तेह्रथुम र सङ्खुवासभाको दश आधुनिक गितहरु नोमिनेसनमा परेका छन् । दश गीतहरु मध्ये एसएमएस भोटिङ र अनलाईन भोटिङ गरि दुई विधीबाट विजेता छनौट गरिने रेडियोका मेनेजिङ डाईरेक्टर बीरबहादुर लिम्बुले जानकारी दिनुभयो । एसएमएसबाट ७५ प्रतिशत र अनलाईन भोटिङबाट २५ प्रतिशतमा मार्किङ गरिने समेत लिम्बुले जानकारी दिनुभयो ।

अवार्डको पहिलो संस्करण गायिका मिलन अमात्यको उपस्थीतीमा समपन्न भएको थियो । पहिलो अवार्ड भने भोजपुरका गायक सञ्जीत रसाईलीले हात पारेका थिए । खाँदबारीको टुँडीखेलमा आयोजना हुने यस बर्षको अवार्ड वितरण कार्यक्रममा अतिथी कलाकारहरुले पनि प्रस्तुति दिने आयोजकले जनाएको छ ।

सम्बन्धित समाचार