विद्युतमा आन्तरिक उत्पादन बढाउँदै संखुवासभा



विद्युत निर्माण कार्यको उद्घाटन गर्नुहुँदै मुख्यमन्त्री राई लगायतका अतिथीहरु ।

सङ्खुवासभा । सङ्खुवासभाको धर्मदेवि र मादी नगरपालिकामा निजि क्षेत्रबाट जिल्लाको ठुलो विधुत् आयोजना सञ्चालन हुने भएको छ । माया खोला हाईड्रो पावर कम्पनी लिमिटेडले २ अर्ब ५० करोडको लागतमा १४.९ मेगावट विधुत् उत्पादन हुन लागेको हो ।

यो आयोजना सारकारद्वारा पहिचान गरि नेपालको लोडसेडिङको चाडो अन्त्य गर्न देश भरबाट छानिएका सुपर सिक्स आयोजना मध्ये एक हो । २०७६ पौषबाट व्यापारिक उत्पादन शरु गर्ने लक्ष्यका साथ आयोजनाको निर्माण कार्य सुरु गरिएको आयोजनाका अध्यक्ष विजयमान शेरचनले बताउनुभयो । अबको १४ महिना भित्रमा आयोजनाको काम सम्पन्न हुने अध्यक्ष शेरचनको भनाई छ । माया खोला जलविद्युत आयोजना ट्रिपलपि मोडेलमा निर्माण हुने शेरचनले जानकारी दिनुभयो । शुक्रबार सुरुङ् मार्गको शिल्यान्य गरि प्रदेश नम्बर एकका मुख्यमन्त्रि शेरधन राईले सुरुङ् मार्गमा बाल्टीङ गरी काम सुरु गरिएको छ । आयोजनाको पावरहाउस धर्मदेवि नगरपालिका–४, को पिलुवा स्थित रिठ्ठा बगरमा रहने छ ।

आयोजनाले हाल सडकको ट्रयाक खोल्ने कार्य सकेको छ । २ हजार २ सय ४ मीटर लामो टनेलमार्फ पानी ल्याई ९ सय ४९ मीटर पेनस्टक पाईप मार्फत टर्वाइनमा पानी पु¥याइने छ । आयोनाको पाईफलाईनको नेट हेड ४ सय १२ मीटर र पानीको बहाव ४.३ क्यू.मी./से रहेको छ । पाइप लाईन विछ्यापछि मुहान र टर्वाइन रहेको विन्दुविचको भर्टिकल दुरीलाई हेड भनिन्छ । जति हेड बढीभयो त्याती धेरै पानीको वहाव बढी हुने गर्दछ । विधुत् उत्पादनका लागि ७.४ मेगावटका २ वटा जेनेरेटरको प्रयोग गरिने छ । यस आयोजना सरकारले संभाव्यता अध्ययन गरी प्राथमिकताको आधारमा आयोजना छनौट गरिएको थियो ।

प्रतिपर्धाको आधारमा माया खोला हाईड्रो पावर कम्पनी लिमिटेडले यस आयोजनालाई ३ करोड राजश्व तिरेर लिएको आयोजनाका प्रर्वद्धक हरीबैरागी दाहालले जानकारी दिनुभयो । सुरुमा ५ मेगावटको आयोजना भएपनि पछि सो कम्पनीले अपग्रेड गरी १४ दशमलब ९ मेगावटको बनाएको थियो । २ अर्ब ५० करोड रुपैयाँको लगानिमा माया खोला हाईड्रो पावर कम्पनी लिमिटेडले सो आयोजना सञ्चालनमा ल्याउने भएको हो । आयोजनामा प्रवर्धकको ७५ करोड रुपौयाँ (३० प्रतिशत) र बैंक ऋणबाट १ अरब ७५ करोड रुपैयाँ (७० प्रतिशत) खर्चहुने छ ।

सङ्खुवासभामा हाल ११.८५ मेगावाट आन्तरिक उत्पादन रहेको छ । सङ्खुवासभामा सभाखोलाबाट ४.४ मेगावाट, हेवाँ खोलाबाट ३.२ मेगावाट, पिलुव–१ बाट ३ मेगावाट र लोवर पिलुवाबाट १ मेगावाट विद्युत उत्पादन हुदै आएको छ । त्यस्तै, निगुरे पावर हाउसबाट पनि दुई सय ५० किलोवाट क्षमताको विद्युत उत्पादन भईरहेको छ । तर हिउँदको समयमा भने आधाभन्दा बढी उत्पादन घट्ने गरेको विद्युत प्राधिकरण सङ्खुवासभा वितरण केन्द्रका प्रमुख ध्रुब अधिकारीले जानकारी दिनुभयो । जिल्लामा दश भन्दा बढी साना खोलाहरुबाट ‘माईक्रो हाईड्रो’ सञ्चालन गरि स्थानीयले विद्युत सेवा लिईरहेका छन् ।

सङ्खुवासभामा विद्युत उत्पादन बढ्दै गएपनि खपतको अवस्था भने न्युन छ । विद्युत प्राधिकरण खाँदबारी वितरण प्रमुखका अनुसार हाल साँझको समयमा ४ मेगावाट खपत भईरहेको छ भने दिउँसो २ मेगावाट मात्र खपत भईरहेको छ । जिल्लामा उद्योग कलकारखना नभएकोले दिउँसो विद्युतको प्रयोग कम भएको प्रमुख अधिकारीले बताउनुभयो । जिल्लामा उत्पादित विद्युत पिलुवा सवस्टेशनबाट धनकुटा, धरान हुँदै दुहबीबाट केन्द्रीय प्रसारण लाईणमा जोडिन्छ ।

सम्बन्धित समाचार