जथाभावी गर्भपतनको प्रवृत्ति निरन्तर बढ्दै असुरक्षित गर्भपतनले ज्यानै जोखिममा



काठमाडौं  । पच्चीस वर्षीया बिना (परिवर्तित नाम) अहिले पाठेघरमा सङ्क्रमण भएर उपचाररत छन्। स्थायी घर मोरङ बताउने उहाँ हाल काठमाडौँमा बसेर स्त्री तथा प्रसूति रोग अस्पताल थापाथलीमा पाठेघरको उपचारकै क्रममा छन्।   दुई वर्ष पहिले विवाह भएकी बिनाको योजनाबिनै गर्भ रह्यो। श्रीमान् र श्रीमतीबीच तत्काल बच्चा नजन्माउने सल्लाह अनुसार विराटनगर बजारकै औषधि पसलेकहाँबाट एक हजार रुपियाँ तिरेर घरैमा औषधि ल्याएर खाए।

औषधि खाएको सात÷आठ घण्टामा गर्भपतन त भयो तर रगत चाहिँ धेरै बग्यो। औषधिको असरका कारण उनकाे पाठेघरमा प्वाल परिसकेको र पाठेघरमा थप सङ्क्रमण हुन नदिन पाठेघर नै फ्याल्नुपर्ने भएपछि ठूलो पीडामा छन् भन्ने खबर गाेरखापत्र दैनिकमा छ। बिनाजस्तो शिक्षित र सहरमा बस्नेलाई त गर्भपतनको औषधि कस्तो स्वास्थ्य संस्था र कस्ता चिकित्सकको सल्लाहमा खाने भन्ने जानकारी रहेनछ।

अझ अशिक्षित र दूरदराजका महिलाको हालत के होला ? यसबाटै पनि सहज अनुमान लगाउन सकिन्छ। औषधिको प्रयोग होस् वा औजारबाट गरिने गर्भपतन होस् दुवै विधिबाट गर्ने गर्भपतनका लागि सरकारले चिकित्सक, नर्स र अनमीलाई तालिम दिएको छ तर जथाभावी गर्भपतनको प्रवृत्ति निरन्तर बढ्दैगएको छ।

सम्बन्धित समाचार