गाउँले एफसि खाँदबारीले जित्याे चिचिला फुटबल प्रतियाेगिताकाे उपाधि



खाँदबारी । चिचिला गाउँपालिका खेलकुद विकास समितिले आयाेजना गरेकाे खुल्ला पुरुष फुटबल प्रतियाेगिताकाे उपाधि गाउँले फुटबल क्लब खाँदबारीले जितेकाे छ । सनिबार भएकाे फाईनल खेलमा स्वर्णिम युथ क्लवलाई हराउँदै गाउँलेले उपाधि जितेकाे हाे ।

निर्धारित समयमा १,१ गाेलकाे बराबरी भएपछि ट्राईबेकरमा गाउँलेले उपाधि जितेकाे हाे । स्वर्णिमले पेनाल्टिमा ३ गाेल गरेकाे थियाे भने गाउँलेले ४ गाेल गरेकाे थियाे । विजेता बनेकाे गाउँलेले सित्तलपाटीलाई हराउँदै फाईनलमा प्रवेश गरेकाे थियाे भने स्वर्णिमले चिचिला फुटबल क्लवलाई हराउँदै फाईनलमा प्रवेश गरेकाे थियाे ।

सेमिफाईनलमा नै पराजित भएका सित्तलपाटी र चिचिलाले सान्त्वना स्थानमा नै चित्त बुझाएका छन् ।

प्रतियाेगितामा स्वर्णिम युवा क्लवका विश्व ठाकुर सर्वाेत्कृष्ठ खेलाडी घाेषित भएका छन् । त्यस्तै स्वर्णिमकै किरण सरदार सर्वाधिक गाेलकर्ता बनेका छन् भने गाउँले एफसिका सनम घिमिरे उत्कृष्ठ गाेल रक्षक घाेषित भएका छन् । अनुशासित खेलाडी भने चिचिलाका सन्दिप गुरुङ घाेषित भएका छन् ।

प्रतियाेगिताकाे विजेता गाउँले एफसिले शिल्ड, मेडल र प्रमाणपत्र सहित नगद १ लाख ११ हजार १ सय ११ रुपैयाँ प्राप्त गरेका छन् । त्यस्तै उपविजेता स्वर्णिम युवा क्लवले शिल्ड, मेडल र प्रमाणपत्र सहित नगद ७७ हजार ७ सय ७७ रुपैयाँ प्राप्त गरेका छन् । प्रतियाेगिताकाे सेमिफाईनल खेलमा पराजित बनेका सित्तलपाटी र चिचिला क्लवले  प्रति टिम मेडल र प्रमाणपत्र सहित नगद २० हजार रुपैयाँ प्राप्त गरेका छन् ।

प्रतियाेगिताकाे उत्कृष्ठ खेलाडी, उत्कृष्ठ गाेल रक्षक, सर्वाधिक गाेलकर्ता र अनुशासित खेलाडीलाई जनहि २ हजार ५ सय रुपैयाँ प्रदान गरिएकाे छ । प्रतियाेगितामा २६ टिमकाे सहभागिता रहेकाे थियाे । चैत्र २६ बाट सुरु भएकाे प्रतियाेगिता बैशाख १ मा समापन गरिएकाे थियाे ।

सम्बन्धित समाचार