खाँदबारी अस्पतालमा पहिलो पटक इन्डोसकोपी सेवा सुरु



संखुवासभा ।  जिल्ला अस्पताल खाँदबारीमा पहिलो पटक इन्डोसकोपी सेवा सुरु भएको छ। आइतबारदेखि सेवाको सुरुवात गरिएको जिल्ला अस्पताल विकास समितिका अध्यक्ष सुमन शाक्यले जानकारी दिए।  जिल्लामा इन्डोसकोपी सेवा नहुँदा सेवाग्राही धरान, विराटनगर र काठमाडौंजस्ता ठूला शहर जानुपर्ने बाध्यता थियो। जिल्लामा नै सेवाको सुरु भएपछि स्थानीय खुशी भएका छन्।

वीर अस्पतालका डा. भूपेन्द्र बस्नेतको टोलीले आइतबार र सोमबार दुई दिन इन्डेसकोपी सेवा दिने जिल्ला अस्पतालले जनाएको छ। टोलीले भोजपुर षडानन्द नगरपालिका–६ का ६० बर्षीय रामबहादुर विश्वकर्माको उपचार गरेर सेवा सुरु गरेको थियो। दुई दिनसम्म शिविरको रुपमा सञ्चालन हुने र त्यसपछि जिल्लामा नै इन्डेसकोपी सेवा दिने बताइएको छ।

थाहा खबरबाट

सम्बन्धित समाचार