बिराट मेडिकल कलेजमा बिशेष स्वास्थ्य शिबिर सम्पन्न



बिराटनगर । बिराट मेडिकल कलेज तथा टिचिङ्ग हस्पिटल बिराटनगरमा बिशेष स्वास्थ्य शिबिर सम्पन्न भएकाे छ । भारत स्थित दिल्लीको प्रतिष्ठित मेदान्त अस्पतालबाट आउनु भएका वरिष्ठ मुटु रोग बिशेषज्ञ डा.रोहित गोयल द्धारा मुटु रोग तथा रक्तचाप सम्बन्धि सम्पुर्ण परिक्षण एंव परामर्श त्यस्तै वरिष्ठ न्युरो सर्जन डा.रतन दिप वोस द्धारा न्युरो तथा ढाड सम्बन्धि सम्पुर्ण समस्याहरुको परामर्श एंव परिक्षण गरिएको छ ।

हिजोआज हामीले जिउने जिवन शैलीका कारण,मोटोपन, खानपिनमा सजकता नअपनाएका कारण र रोगका बारेमा जानकारी नहुदा पनि हामीलाई धेरै रोगले सताउने गरेको बताउनु हुन्छ । वरिष्ठ मुटु रोग बिशेषज्ञ डा.रोहित गोयल , त्यस्तै अझैपनि धेरै मानिसमा स्वास्थ्यको बिषयमा जनचेतनाको कमी छ । कुनै निश्चित उमेर भएपछि के कस्ता खानपिनमा ध्यान दिने, कसरी स्वास्थ्यको ख्याल राख्ने भन्ने नै कतिलाई थाहा छैन । हामीले दैनिकी जिवनलाई सहज र स्वस्थ्य बनाउन एकदमै जरुरी भएको बताउनुहुन्छ वरिष्ठ न्युरो सर्जन डा. रतन दिप वोस ।

अस्पताल परिसरमा नै यसरी बिशेष स्वास्थ्य शिविर संचालन हुदा बिरामीलाई अझ सजिलो भएको बताउनु हुन्छ स्वास्थ्य शिबिरमा जाँच गराउन आउनु भएका बासँबारी निवासी ६८ बर्षिय तिलक के.सी । असोज ९ र १० गते दुई दिन सम्म संचालनमा आएको उक्त शिबिरमा ६० जना भन्दा बढि ले स्वास्थ्य लाभ लिएका छन् ।

सम्बन्धित समाचार