काठमाण्डौको तीनकुनेमा रोपिएको दुबो जोगाउन सीसी क्यामेरा जडान गरिने



काठमाण्डौ ।  तीनकुनेमा रोपिएको दुबो जोगाउन सीसी क्यामेरा जडान गरिने भएको छ । चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणका बेला लगाइएको दुबो र अन्य फूल तथा बिरुवा चोरी हुन थालेपछि अहिले सशस्त्र प्रहरीले निगरानी गरिरहेको छ । तर अब सशस्त्र प्रहरी परिचालनको साथमा सीसी क्यामेरा पनि जडान गर्ने तयारी भएको हो ।

‘तीनकुने पार्कका अहिले लगाइएको दुबो जोगाउने र थप फूल रोपेर सुन्दर बनाउनको लागि विभिन्न उपायहरु सोचिरहेका छौँ, त्यहाँ सीसी क्यामेरा जडानको लागि ठाउँ पहिचान भैसकेको छ ।’ प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका एक कर्मचारीले उज्यालो अनलाइनसँग भने ।

तीनकुनेको दुबो चोरिएको विषयमा प्रधानमन्त्रीकै ध्यानाकर्षण भएपछि त्यहाँ सुन्दर पार्क बनाउने तयारी भैरहेको पनि स्रोतले जनाएको छ ।

सम्बन्धित समाचार