२१ वर्ष पुगेका एक युवाको उचाइ ३१ इन्च मात्र



मोरङ । विराटनगरमा २१ वर्ष पुगेका एक युवाको उचाइ ३१ इन्च मात्र छ भन्दा धेरैलाई आश्चर्य लाग्न सक्छ । विराटनगर–१९ का २१ वर्षीय प्रकाशकुमार सरदारको उचाइ ३१ इन्च अर्थात् दुई फुट ७ इन्च मात्र रहेको छ ।झट्ट हेर्दा दूधेबालक जस्तो देखिने प्रकाशकुमार सरदारले जिल्ला प्रशासन कार्यालय मोरङबाट वि.सं २०५४ साल असार २ गते जन्ममितिको आधारमा नागरिकता बनाएका छन् ।

विस २०६८ साल फागुन १४ गते दाङका चन्द्रबहादुर डाँगीले विश्वका होचो व्यक्तिको प्रमाण पत्र पाएका थिए । २१.५ इन्चका उनको ७३ वर्षको उमेरमा मृत्यु भएको थियो । जिउ सानो भएका प्रकाशको टाउको केही ठूलो छ । सामान्य परिवारका प्रकाशका आफन्तले मजदूरी गरेर गुजारा चलाउँछन् ।विराटनगर महानगरपालिकाले उनलाई पूर्ण अपांगता भएका व्यक्तिलाई प्रदान गरिने रातो कार्ड उपलब्ध गराएको छ ।

महानगरले प्रकाश देशकै होचो व्यक्ति भएको दाबी गर्दै आएको छ । आमा बिमला सरदार प्रकाश नेपालकै होचो भएको दाबी गर्छिन । महानगरले एक वर्षअघिदेखि प्रकाशलाई मासिक तीन हजार रुपैयाँ विशेष भत्ता दिन सुरु गरेको थियो । पूर्ण अपांगताको प्रमाण पत्र पाएपछि उनले मासिक ६ हजार भत्ता पाउनेछन् ।

सम्बन्धित समाचार